कुुवेतमा तीन नेपालीलाई मृत्युुुदण्ड नहुने, जीबन रानाभाट र पदम गुुरुङलाई जन्मकैदको सजाय


उजिर कार्की

काठमाडौं, वैशाख २६ – यस अघि कुुवेतको तल्लो अदालतबाट मृत्युुदण्ड सुुनाईका ३ जना नेपालीको सजाय घटेको छ । लागुु औषधको कारोबार तथा ओसारपसार सम्बन्धि अभियोगमा मुुत्युुदण्ड सुुनाईएका आङलाक्पा सेर्पा, जीबन रानाभाट र पदम गुुरुङको सजाय घटेको प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानाले जानकारी दिनुभएको उज्यालोमा समाचार छ ।

कुुवेतको तल्लो अदालतले उनीहरु सहित ५ जनालाई मृत्युदण्ड सुनाएको थियो । पुुनराबेदन अदालतको निर्णय अनुुसार आङलाक्पालाई अब चार वर्ष मात्रै कैद सजाय हुने छ । त्यसैगरि जिबन रानाभाट र पदम गुुरुङलाई भने पुुनराबेदन अदालतले मृत्युुदण्डको फैसला बदर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

मृत्युुदण्ड सुुनाईएकाका परिवारले आफ्नै खर्चमा वकिल राखेर मुुद्धा लड्दै आएका थिए । कुुवेतको तल्लो अदालतको फैसला अनुुसार मृत्युुदण्ड सुुनाईएका तारामान केसीको अदालतमा सुुनुुवाइ भएपनि निर्णय आउन बाँकि छ । तर उनीहरुलाई पनि मृत्युदण्ड नहुने परिवारको आशा छ ।

मृत्युुदण्ड सुुनाईएका अर्का नेपाली निमा शेर्पाको सजाय घटाउन समेत पहल भैरहेको छ । तर निमाले नेपाली राजदूताबासलाई आफ्नो परिवारको ठेगाना र फोन नंम्बर दिन नमानेको बताइको छ ।

कुुवेतको जेलमा ८ जना महिला सहित हाल ५९ जना नेपाली रहेका छन । त्यस मध्ये २ जनालाई मृत्युुदण्ड र १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । कुुवेतको तल्लो अदालतबाट जन्मकैदको सजाय पाउनेमा एक जना नेपाली महिला पनि छन् ।

पछिल्लो बिबरण अनुसार मृत्यु दण्ड पाउनेमा १ जना नेपाली थपिएको नेपाली दुताबास कुवेतका द्दितीय सचिब भोगेन्द्र लिंग्देनले हाम्रोसंचार डटकमलाइ जानकारी दिनु भएको छ | जसमा पदम गिरिलाई मृत्युदण्डको फैसला भएको छ | पदम गिरि सहित मृत्युदण्ड पाउनेमा ३ जना नेपाली पुगेको पनि उहाले भन्नुभयो |
– See more at: http://hamrosanchar.com/2017/05/09/%E0%A4%95%E0%A5%81%E0%A5%81%E0%A4%B5%E0%A5%87%E0%A4%A4%E0%A4%AE%E0%A4%BE-%E0%A4%A4%E0%A5%80%E0%A4%A8-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AE/#sthash.X8J1CmPX.4ztMWvaI.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )