सेवा नै धर्म लुम्बिनी समाज नेपाल कुवेतले १ लाख १७ हजार ५ सय ११ रुपैया आर्थिक सहयोग ।


कुबेत नेपालडटकम

लुम्बिनी अन्चलको विकासमा प्रवासबाट हाम्रो भुमिका नारा रहेको लुम्बिनी समाज नेपाल कुवेत को आर्थिक सहयोगमा न्यु लाईफ मा वि बर्दघाटमा अध्यानरत कक्षा ९ कि छात्रा सन्ध्या गुरुङ लाई १ लाख १७ हजार ५ सय ११ रुपैया आर्थिक सहयोग गरिएको छ । न्युलाईफ मा वि का प्रध्यानअध्यापक सन्तोष अधिकारी को अध्यक्षतामा आज एक कार्यक्रममा विच छात्रा सन्ध्या गुरुङको मावलि हजुरबुवा नर बहादुर राई लाई हस्तान्तरण गरीएका हो । हाल बुद्ध मुटु अस्पताल रुपन्देही मा उपचाररत रहेकी छात्रा मुटु, किड्नी र छालाको रोग बाट ग्रस्थ रहेकी छिन् । बर्दघाट स्थाई घर भई हाल कुवेतमा वैदेशिक रोजगारमा आवद्व कुवेतमा स्थापना गरिएको लुम्बिनी समाज नेपाल कुवेत संस्थाका महासचिव रुपेन हमाल, न्यु लाइफका कार्यकारी निर्देशक डि वि अधिकारी, प्रधानध्यापक संन्तोष अधिकारी र शिक्षक विमल शर्माको परामर्श तथा सरलीकरण भुमिकामा लुम्बिनी समाज नेपाल कुवेत संस्थाको तर्फबाट सो रकम संकलन गरि हस्तान्तरण गरिएको बताईको छ । यसैगरि पहिला पनि छात्रा गुरुङलाई विधालयको सक्रियतामा शिक्षक, विधार्थी र अन्य सहयोगीहरुबाट केहि रकम जम्मा गरि अभिभावकलाई हस्तानतरण गरिसकिएको छ । कार्यक्रममा विद्यालय का शिक्षक , शिक्षीका, दिनानाथ पौडेल , शोनि पुरी, अमृत सुवेदी, स्थानिय सञ्चारकर्मी लगायतको उपस्थीति रहेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )