कुबेत नेपालडटकम
“रक्तदान जीवनदान” भन्ने मुल मन्त्र सहित रक्तदानको रक्तदानको महत्व’bout जन चेतना फैलाउने, यस पुण्य कार्यमा सन्लग्न हुन अभिप्रेरित गर्ने/गराउने उदेश्य लिएर यस सस्थाले विगत चार बर्ष देखी लगातार ब्रिहत रक्तदान कार्यक्रमको आयोजना गर्दै आई रहेको यहाँहरु माझ सर्वबिदितै छ । यसै अनुरुप यस बर्ष पनि सस्थाले सेन्ट्रल ब्लड बैन्क, कुवेत सँग परामर्श गरी यही महिनाको २६ तारिख शुक्रबार पाचौ ब्रिहत रक्तदान कार्यक्रम गर्ने योजना अनुरुप सम्पूर्ण तयारी भै रहेकै बखत अचानक सेन्ट्रल ब्लड बैन्क, कुवेत द्वारा आफ्नो आन्तरिक ब्याबस्थापनको कारण जनाउदै यस मे महिना भरीको सबै सार्वजनिक रक्तदान कार्यक्रमलाई रद्ध गरिएको जानकारी प्राप्त भएको हुँदा उक्त मे २६ शुक्रबारको पाचौ ब्रिहत रक्तदान कार्यक्रमलाई हामीले वाध्य भएर स्थगत गरि एवं रोल क्रम र ब्लड बैन्ककै सुझाब अनुसार उक्त पाचौ रक्तदान कार्यक्रमलाई आगामी सेप्टेम्बर १५ तारिख शुक्रबार सारीएको कुरा सबैमा जानकारी गराउन चाहन्छौ, साथै यस बाट उत्पन्न असुबिधा प्रती सबै रक्तदाता लगायत हाम्रा शुभेच्छुकहरुमा हृदय देखि नै क्ष्यमा याचना माग्दछौ, धन्यवाद ।