नेपाल तामाङ् घेदुङ् कुवेतद्वारा २५६१ बुद्व जयन्ती तथा साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न।


सुरेश गुरुङ,कुबेत

२५६१ औ बुद्ध जयन्तीको पावन अवसरमा नेपाल तामाङ् घेदुङ् कुवेतले आयोजना गरेको बृहत साँस्कृतिक प्रस्तुती एवं बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजा कार्यक्रम हिजो ५ मे २०१७ को दिन, कुवेतको हवाली स्थित ब्वाइज स्काउट थेटर हलमा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।

कुबेत हवाली स्थित ब्वाइज स्काउट थेटर हलमा मनाईएको २५६१ औ बुद्ध जयन्ती तथा बृहत सांस्कृतिक कार्यक्रमा दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । घेदुङ कुवेतका महासचिब सुरेश ग्याबा तमाङ ले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष अमृत तमाङ सभापतित्व रहेको थिए। भने नेपाली दूतावास कुवेतको मिनिस्ट्री अफ काउन्सिलर बिन्दिरा शंकर जोशी,प्रमुख आतिथ्यता रहेको थिए त्यसै गरी नेपाल बाट पल्नु भएका नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको बिशेष आतिथ्यत रहेको थियो भने कुबेत क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप मा केक काटी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। ॐ माने पेमे होमको मुटु छुने धुनमा लामाहरुले बुद्ध धर्म सम्बन्धी पाठ पढ्दै र पूजाआर्चना गर्दै शुरुवात गरेको कार्यक्रममा कार्यक्रम संयोजक युग लामा ले स्वागत मन्तब्य गर्नु भएको थिए। कार्यक्रममा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष रमेश किराती चट्याङ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङ र गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन तामाङले २५६१ औं बुद्द जयन्तिको शुभकामना मन्तव्य राखेका थिए । भगवान बुद्ध (राजकुमार सिद्दार्थ गौतम) को जीबनी/जीबनशैली र बुद्ध धर्मको ’boutमा स्पष्ट प्रवचन दिनु भएको थियो,

यसैगरी, नेपाल बाट पल्नु भएका बिशिष्ट अतिथी नेपाल तामाङ घेदुङ्गका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङले मन्तब्य दिदै भन्नु भयो नेपाल तामाङ् घेदुङ् कुवेतको आयोजनामा प्रस्तुत गरिएको आजको यस बुद्ध जयन्ती एवं साँस्कृतिक कार्यक्रमबाट आफुहरुलाई केही मात्रमा भएपनी नेपाल र नेपाली संस्कृती एवं रीतिरीवाज ’bout जान्ने अवसर मिलेकोले खुशीको साथ धन्यवाद दिन चाहन्छौं भन्नु भयो । यसका साथै, वहाँहरुले धर्म र सदभाव एउटा यस्तो बहुमुल्य बस्तु हो जसको कुनै बाउण्डरी (सिमाना) हुँदैन, गौतम बुद्ध नेपालमा जन्मेता पनी उहाँले दिनु भएको उपदेश र शान्तीका सन्देशहरु संसारभरका मानव जगतले एउटा मार्गदर्शनको रुपमा अंगाली बुद्ध धर्म प्रति आस्थावान रहेको संक्षिप्त प्रतिकृया दिंदै, २५६१ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानव जगतमा बुद्धको वाणी फैलियोस् भन्ने सन्देश दिन चाहन्छौं भन्नु भयो ।

आ-आफ्नो जागिरे जीबनको एउटा व्यस्त परिस्थितीसँग आवद्द रहेर पनि नेपाल तामाङ् घेदुङ् कुवेतले २५६१ औं बुद्ध जयन्तीको अवसरमा अहोरात्र खटेर यस बृहत कार्यक्रमको आयोजना गरी तामाङ् जातिय पहिचान, भाषा-संस्कृती र भेषभूषालाई मात्र नभई, सम्पूर्ण प्रवासी नेपाली र नेपालीहरुको संस्कृति एवं रीतिरीवाजलाई समेत संसारको सामु पहिचान गराउन र दिगो राख्न यस घेदुङ् कुवेतले गहन भूमिका निर्वाह गर्न सफल भएको उपस्थितिले पनि छर्लङ्ग पारेको बताउनु भयो।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट राजदूतावासका कार्यवाहक राजदूत विन्दा शर्मा जोशी ले भन्नु भयो तामाङ् घेदुङ् कुवेतले आयोजना गरेको यस कार्यक्रममा प्रवासमा रहेर पनि शान्तीको दूत भगवान बुद्धको जन्म जयन्ती मनाउँन पाउँदा आफुलाई निकै खुशी लागेको भन्दै कार्यक्रम सफलताको कामनासहित सम्पूर्ण प्रवासी नेपालीहरुलाई सु-स्वास्थ्य एवं सफल जीबनको शुभकामना दिनु भयो ।

कायर्क्रम प्रस्तुतिको लागि बिशेष अथिति कलाकारको रुपमा नेपालदेखी झिकाईएका कलाकारद्वय प्रेम लोप्चन र शशिकला मोक्तान,ले आफ्नो नयाँ पुरानो गीतहरु गाएर कुवेतबासी नेपालीहरुलाई छमछमती नचाउन र गीतसँगै म्युजिकको तालमा उफार्न सफल भएका थिए । स्टेज तताउन सक्ने अदृश्य खुपी भएका कलाकार प्रेम लोप्चन र शशिकला मोक्तान आफना आफ्नै एलबमका  दर्जनौं गीतहरु आफ्नो कर्णप्रिय आवाजमा गाएर आफै नाचेको देख्दा वहाँसँग ननाच्ने शायद कमै दर्शकहरु थिए ।

अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने सेलो गायक प्रेम लोप्चन तामङ र चर्चित सेलो गायिका शशीकला मोक्तान,को साथमा नेपाल तामाङ् धेदुङ् कुवेतका स्थानिय कलाकारहरुद्वारा तामाङ जातिको संस्कृती झल्किने गीत संगित तथा नेपाली गीत संगितहरुको समिश्रणमा विभिन्न तामाङ सेलो गीतमा रोचक एकल नृत्य,ग्रुप नृत्य (गायन तथा निर्त्य) प्रस्तूत गरेर अन्य उपस्थित सम्पूर्णलाई भरपुर मनोरन्जन दिलाएको थिए। यसैगरी संस्थाका कलाकार भाई बहिनीहरु लाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष अमृत तमाङ ले २५६१ औ बुद्ध जयन्ती तथा बृहत सास्कृतिक कार्यक्रमको लागि नेपालबाट पाल्नुहुने बिशिस्ट अतिथि मोहन गोले तामाङ, आमन्त्रित कलाकारद्वय प्रेम लोप्चन र शशिकला मोक्तान,नेपाली दूतावास कार्यक्रम लाई आर्थिक , नैतिक तथा भौतिक रूपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, कार्यक्रमको अन्तिम समय सम्मा सुरक्षाको रूपमा खटिएका स्वायम् सेवक मित्रहरू तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। (फोटो :- प्रसाद तिम्सीना)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )