जन-प्रगतिशिल मञ्च कुवेतले मनायो मे दिवस अर्थात १२८ औं मजदुर दिवस


कोशराज राई/ कुवेत

अप्रील २८, कुवेत । नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले मे दिवस अर्थात अ १२८ औं श्रमिक दिवस र गत मार्च २४ र २५ मा आयोजित जन-प्रगतिशिल मञ्च कुवेतले पूर्व उपप्रधान तथापरराष्ट्र मन्त्री तथा पार्टी उपाध्यक्ष नारायण काजी श्रेष्ठको उपस्थितिमा आयोजना गरिएको केन्द्रिय भेलाको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

खासगरी मे मा मनाईने यो दिवस सबैको छुट्टी नमिल्ने हुँदा आजै मनाईएको हो ।
मुर्गाव स्थित अल मन ओ अल सल्वा रेष्टुरेण्टमा मञ्चले आन्तरिक रुपमा मनाएको मे दिवसमा मञ्चका पदाधिकारीहरुले मे दिवस तथा १२८ औं श्रमिक दिवसको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा दिलकुमार पाख्रीन, ठाकुर प्रसाद पौडेल, सुजन केसी, मनु मगर, अमृत घिसिङ तामाङ र ध्रुवकुमार संग्रौला रहेका थिए । यसैगरी अतिथिको तर्फबाट तमू समाज कुवेतका अध्यक्ष खोप गुरुङले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले मे दिवसको महत्व र जन-प्रगतिशिल मञ्चको दायित्व र वर्तमान राजनीतिक घटनाक्रमहरुको ’boutमा आ-आफ्नो बिचार व्यक्त गरेका थिए ।

प्रमुख अतिथि तथा बिशेष अतिथिहरुद्वारा मैनवत्ति जलाउँदै उद्घाटन गरेको कार्यक्रममा बज्ञैत अज्ञात बिर शहिदहरु प्रति १ मिनट मौनधारण गर्दै श्रद्दाञ्जली अर्पण गिएको थियो । यसका साथै राष्ट्रको सम्मानमा राष्ट्रिय गान बजाउँदै कार्यक्रमको सुरुआत गरिएको थियो ।

मे दिवस अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस सन् १८८६ मा अमेरिकाको शिकागो शहरमा मजदुरहरुले गरेको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग सहित गरिएको आन्दोलन पश्चात त्यहाँको सरकारले गरेको व्यापक दमनका बावजुद पनि आन्दोलन सफल भएको र सन १८९० मे १ देखी हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

मञ्चका कार्यवाहक अध्यक्ष मनकुमार गुईंदेलको सभापतित्व तथा मञ्चाका संरक्षक ध्रुवकुमार संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन मञ्चका सचिव आनन्द आचर्यले तथा महासचिव श्याम पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )