२५६१ औ बुद्ध जयन्ती तथा बृहत सांस्कृतिक कार्यक्रमको सबै तयारी पुरा, अतिथि कलाकार बुधवार दिउसो ३:३० बजे अाइपुग्ने ।


कुबेत नेपालडटकम
अप्रिल २९, कुवेत । नेपाल तामाङ घेदुङको आयोजनामा यहि आउदो ५ मे २०१७ हवाली स्थित ब्वाइज स्काउट थेटर हलमा हुन गैरहेको २५६१ औ बुद्ध जयन्ती तथा बृहत सास्कृतिक कार्यक्रमको सबै आन्तरिक तयारी पुरा भएको हिजो शुक्रबार फर्वानिया स्थित सैलुंगे रेस्टुरेन्टमा तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत लोप्चनको अध्यक्षतामा बसेको बैठकले जनाएको छ । कुवेतमा क्रियाशील विभिन्न संघसस्था, समाजसेवी, बुद्धिजिबी, पत्रकार, खेलाडी, राजनीतिज्ञ र सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रम उपस्थित भै कार्यक्रमलाई सफल पारि दिनहुन हार्दिक अनुरोध पनि गर्नु भएको छ ।

उक्त कार्यक्रममा आमन्त्रित अतिथि कलाकारहरु पनि बुधवार दिउसो ३:३० बजे इअर अरबियाको फ्लाइटबाट कुवेतमा अाइ पुग्ने नेपाल तामाङ घेदुङ कुवेतका बरिस्ठ सल्लाकार राम लामाले जानकारी दिनु भएको छ ।

अहिले कार्यक्रम गर्न लागेको ब्वाइज स्काउट थेटर हल कुवेतको अत्यन्त संबेदनशिल र प्रशासनिक क्षेत्र भएकोले कार्यक्रममा उपस्थित महानुभाबहरुले कुनै पनि किसिमका कानुनी बन्देज धुम्रपान, मध्यपान र नशालु पदार्थ सेवन नगर्न र कार्यक्रम अवधिभर संयमित भएर बसिदिन हुन र कुनै पनि किसिमका झै-झगडा तथा अवाञ्छित कृयाकलाप नगरिदिन हुन पनि कुवेतवासी सम्पूर्ण नेपालीहरुमा तामाङ घेदुङ कुवेतले अनुरोध गरेका छन् ।

यस अघि नै विभिन्न संघसस्थाहरुलाई पत्राचार गरि सकेको भए पनि कथम् कदाचित पत्र प्राप्त गर्न छुट भएका विभिन्न व्यक्तित्वहरु र संघसस्थाहरुलाई यसै समाचारलाई नै आधिकारिक निमन्त्रणा पत्र मानी कार्यक्रममा उपस्थित भै दिनहुन कार्यक्रम संयोजक युग लामाले हार्दिक अनुरोध गर्नु भएको छ । अहिले कार्यक्रम गर्न गैरहेको उक्त हल हवाली स्थित सेन्टर प्वाइन्टको ठिक अगाडि रहेको छ ।

कार्यक्रम
मिति :- ५ मे २०१७ शुक्रबार
स्थान :- ब्वाइज स्काउट थेटर हवाली ( सेन्टर प्वाइन्टको ठिक अगाडि )
समय :- ११ बजे बिहान

सम्पर्क:: युग लामा ६६०३६३८४ राम लामा ९०९११२९६ अमृत लोप्चन ६५८०३२०० दिलकुमार पाख्रिन ६७७९०६८० सुरेश ग्याबा ६६२३८०८७ रेसम लामा ९९०३५८४० डिबी लोप्चन ९७७७६५१३ कृष्ण सिङ्ग्तान ५०१२३९४१ सम्बर वाईबा ९९२२६८०६ सुनबहादुर तामाङ (ट्याक्सी ग्रुप ) ९७७०९३७१

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )