नैनकला राई / कुबेत
अप्रील २८,जिफन्ट सहायता समूह कुवेतले आज १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुका साथ सम्पन्न गरेको छl कार्यक्रम जिलिब स्थित पपिन्स हलमा सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ मा विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ ।
विश्व स्तरमा मनाइने मजदुर दिवस सन् १८८६ मे ४ तारिखको दिन मजदुरहरुले आफ्ना हक, हित र दैनिक ८ घण्टामात्र काम गर्न पाउनुपर्ने नाराका साथ अमेरिकाको सिकागोमा भएको हैपरमार्केट आन्दोलन तथा रक्तपातमा मारिएका श्रमिक मजदुरहरुको सम्मानमा अनि सन् १८८९ मा पेरिसमा प्रस्तावित मस्यौदा अनुसार सन् १८९१ मा वैधानिकरुपमा दोश्रो अन्तर्राष्ट्रिय कम्युनिष्ट तथा सामाजिक संघको भेला-गोष्ठीबाट पारित भएको ऐतिहासिक दिनको सम्झनामा हरेक मे १ तारिखको दिन विश्व मजदुर अर्थात् श्रम दिवस मनाइन्छ |
जिफन्ट सहयोग समूह कुवेतका अध्यक्ष अर्जुन बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रवासी नेपाली मन्चका अध्यक्ष राजकुमार थापा र बिशेष अतिथिहरु एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामांग, एनआरएनए कुवेतका महासचिव अमित राई, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकार, कलाकार एवं कुवेतमा कार्यरत श्रमजीबीहरुको उपस्थितिमा गरिएको कार्यक्रममा समुहका उपाध्यक्ष ठाकुर प्रसाद पाण्डेले अतिथिगणहरुलाई स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन महासचिव गणेश रावतले गरेका थिए ।
कार्यक्रममा नेपाली राष्ट्रिय गानाको गुन्जन संगै सामुहिकरुपमा सभापति, प्रमुख अतिथि, बिशेष अतिथि लगाएतका ब्यक्तित्वहरुले दिप प्रज्वलन गर्दै कार्यक्रमलाई अगाडी बढाइएको थियो । शुभकामना मन्तब्यको क्रममा बिशेष अतिथिहरु र बिभिन्न संघ संस्थाको प्रतिनिधिहरुले आ आफ्ना धारणाका साथ मजदुरहरुको हक हितका लागि सबै एक हुन सुझावहरु दिएका थिए । समुहका सल्लाहकार झबिन्द्र बन्जाडेले जिफन्ट सहयोग स्समुहाका उदेश्य र मजदुरहरुका हक हितका लागि कुन कुन अवस्थामा जिफन्टले सहयोग गर्न सक्ने भन्ने ’boutमा स्पष्ट परेका थिए ,जुन कुवेतमा रहेका मजदुरहरुको हकमा १८ नम्बरको भिसा भएका १०० भन्दा कम तलब भएका श्रमिकहरुको सम्झौता अनुसार कम्पनीले तलब या अरु सुविधाहरु उपलब्ध नगरेको खण्डमा जिफन्ट समुहमा सम्पर्क गरेको खण्डमा उनीहरुका हक अधिकारको लागि कानूनी रुपमा लडेर अधिकार दिलाउन सक्ने बताए । कार्यक्रमको बीच बिचमा गायक गुप्त गैरे र गायक राजु थापाले देश भक्तिभाव बोकेको गित र साहित्यमा श्रमिकका संदर्भमा समेटिएका रचनाहरु समुहका सचिव प्रेमबहादुर कटुवाल, अम्बर खड्का, नैनकला राई लगाएतले वाचन गरेका थिए ।
स्थापना काल देखिनै कृयाशिल रहदै विभिन्न सामाजिक कार्य बिशेष गरेर मजदुरहरुको सहयोगका लागि डटेर लाग्दै आएको जिफन्ट सहयोग समुह र प्रवासी नेपाली मन्चले गत वर्ष पनि नेपाल जिफन्ट केन्द्रीय पदाधिकारी अतिथिको रुपमा निमन्त्रणा गरेर विभिन्न कार्यक्रमका साथ मनाएका थिए l
कार्यक्रममा कुवेतमा न्युनतम तलब, सेवा सुबिधा र सामान्य मजदुरको रुपमा प्रवेश गरि विश्वका मजदुरहरुसंग सघर्ष गर्दै उच्च पदमा पुगेर विश्व माझ नेपाल र नेपालीहरुको गौरव उच्च राख्न सफल भएकोमा ६ जना क्रमशः अल अमाना सेक्युरिटी सर्भिसका अप्रेसन मेनेजर होमनाथ गिरी, केओसीमा कार्यरत बिष्णु परियार, सोफ्ट सर्भिसेस कोर्डिनेटर नैनकला राई, अलगानिम सेक्युरिटी सर्भिस मैनेजर नेत्र बहादुर लिम्बु,काठमाडौ एयर कार्गो कुवेतका प्रोपोराईटर बसन्त पुन मगर, टप ग्रुप जनरल एन्ड ट्रेडिङ्ग कम्पनीका मनेजर कृष्ण गिरिलाई अभिनन्दनपत्र वितरण गरेका थिए ।
गत डिसेम्बर १६ मा परेको अप्रवासी दिवसको अवसरमा बिशेष सहयोग गरेर कला पस्कने कलाकारहरुलाई र कुवेतबाट संचालित मिडियाकर्मीहरुलाई सम्मान पत्रका साथ सभापति प्रमुख अतिथि बिशेष अतिथिगणहरुको हातबाट खादा ओढाई सम्मान गरिएको थियो l कार्यक्रमको अन्तिममा गायक प्रम कटुवाल र सपना थापा मगरको घम्साघम्सी दोहोरीले सबैलाई मनोरंजन दिलाएको थियो ।
आयोजकले अतिथिहरुलाई निशुल्क रात्री भोज उपलब्ध गराएका थिए भने सभापति बस्नेतले गुनासाको रुपमा आफ्नै शब्दमा “म आफै एक पत्रकार हौं तर कुवेतमा लगभग ३० जना भन्दा बढि पत्रकार साथिहरुले पत्रकारीता गरिरहेको अवस्थामा नितान्त श्रमिकको कार्यक्रममा धेरैले उपस्थिति नजनाउदा दुख लागेको छ” भन्दै गुनासो गरेका थिए साथै आउदा दिनहरुमा सम्पूर्ण सहकर्मीहरुको साथ र सहयोग पाउने आशा राख्दै यस कार्यक्रमलाइ हरेक तह र तप्काबाट सफल र सम्पन्न गराई दिनुहुने बिशेष गरि जिफन्ट ग्रुप र प्रवासी नेपाली मन्चको तर्फबाट सरोकार समाज कुवेत NRNA कुवेत टिम, सांस्कृतिक मन्च,सम्पुर्ण कलाकार टिम र मध्यपश्चिम सेवासमाज कुवेत लगाएत सम्पूर्णलाइ बिशेष धन्यवाद दिदै सभापति बस्नेतले कार्यक्रम समापनको घोषणा गरेका थिए ।