कुबेत नेपालडटकम
नेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई यही आगामी अगस्त २५ तारीख शुक्रवारका दिन अतिथि कलाकार र स्थानीय चर्चित कलाकार सहितको बृहत् सांस्कृतिक कार्यक्रम साथ मा दर खुवाउने छ। हिजो २१ अप्रिल २०१७ शुक्रबारका दिन कुवेत सिटीको फर्वानिया स्थित पार्क मन्चका अध्यक्ष गोबिन्द बराल ज्युको अध्यक्षातामा बसेको समीक्षा बैठक ले सो निर्णय गरे को सांस्कृतिक मंच को प्रवक्ता प्रसाद तिम्सीना ले कुबेत नेपालडटकमलाई जानकारी दिएको छ।
यो पटक को हरितालिका तिज पनि नेपाली महिलाहरुलाई कुवेतमा निकै रमाईलो हुने देखिएको छ । समय बाँकी नै छ रातो साडी र मनपरेको चोलो र ब्लाउज नेपालबाट झिकैसके । भन्दै यपाली को तिज फरक ढंगले गर्ने भएको छ नेपालकुवेत साँस्कृतिक मञ्चले सम्पूर्ण कुवेतबासी नेपाली महिला दिदिबहिनीहरुलाई भरपुर मनोरन्जन दिने जानकारी दिएको छ।
कुवैतबासि सम्पूर्ण संघ सस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, नेपाल कुवैत सास्कृतिक मंचका संरक्षक, सल्लाहकार, शुभ चिन्तक, सहयोगी, नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ नेपाल कुवैत सास्कृतिक मंचको सो सास्कृतिक कार्यक्रमलाइ आ -आफ्नो तर्फबाट सहयोग गरि भब्य रुपमा सफल बनाइ दिन हार्दिक अनुरोध गर्दै उक्त दिन कुनै पनी कार्यक्रम नजुधाउन अनुरोध गरेको छ आयोजक नेपाल कुवेत साँस्कृतिक मन्चका प्रवक्ता प्रसाद तिम्सीना ले जानकारी दिएको छ।