जानुका राई र निश्चल राईको ‘झम्के मायालु’ म्युजिक भिडियो सार्वजानिक


कुबेतनेपाल डटकम

वैसाख ७ गते काठमाण्डौको कोटेश्वर स्थित सुम्निमा हल (किरात राई यायोक्खा केन्द्रिय कार्यालय)मा मुन्धुमी गायिका जानुका राई र प्रतिभावान गायक निश्चल राइको पुर्बेली लोक भाका ”झम्के मायालु”को म्युजिक भिडियो सार्वजनिक भएको छ l उक्त भिडियो नेपाल चलचित्र बिकाश बोर्डको अध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राईले सार्वजनिक गरेका थिए l कार्यक्रममा सांस्कृतिक सांगीतिक छेत्रका विशिष्ट ब्याक्तित्वहरु र सामाजिक/राजनीतिक छेत्रका व्यक्तिवहरुको बाक्लो उपस्थिति रहेको थियो l
‘झम्के मायालुको’ प्रायोजक बिरबहादुर राई, शव्द/संगीत दिवाकर राई, संगीत एरेन्जर डम्बर लिम्बू, ड्रोन अपरेटर सन्देश मोटे, क्यामेरा युवराज राई, निर्माता कपिल राई र निर्देशक रोशन राई रहेका छन् । यसैगरी अभिनयमा सेशुका, निशा, पवन, अन्वेश र प्रबिन रहेका छन् ।
संचारकर्मी डीबी राई सरोजको अध्यक्ष्तामा गरिएको कार्यक्रमको संचालक सुम्निमा कल्चर एकेडेमीको सचिव तथा सांस्कृतिक अभियन्ता जनक राईले गरेका थिए l सुम्निमा कल्चर एकेडेमीको आयोजक्तामा गरिएको यस कार्यक्रममा भिडियो सुम्निमा कलेक्सनको ब्यानरमा निर्माण भएको थियो l उक्त गीतको भोजपुरको रमणिय स्थल पान्धारे सम्म कठिन यात्रा गर्दै पुगेर झम्के मायालुको छायांकन गरिएको छ l

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )