आगामी अप्रिल २८ तारिख जन-प्रगतिशील मञ्च कुवेतले १२८ औं मजदुर दिवस मनाउने


नेपाली जन-प्रगतिशील मञ्च कुवेतले आगामी अप्रिल २८ तारिख शुक्रबारका दिन १२८ औं मजदुर दिवस मनाउने भएको छ | मञ्चले कुवेत सिटीको मुर्गाफ स्थित अलमन ओ अलसल्वा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको हो ।

हरेक वर्ष १ मे का दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस कुवेतमा कार्यरत मजदुरहरूको छुट्टीलार्इ ध्यानमा राखि २८ अप्रिल शुक्रबारका दिन मनाउन लागिएको मञ्चका प्रवक्ता युवक रार्इले जानकारी दिए ।

मञ्चले यस अघि माओबादी केन्द्र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ “प्रकाश”को उपस्थितिमा सम्पन्न गरेको केन्द्रिय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको समिक्षा सहित मे दिवस मनाउने भएको छ । उक्त कार्यक्रममा कुवेतमा कृयाशिल संघ सँस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवि, समाजसेवी सबैलार्इ मञ्चले निमन्त्रणा गरेको छ ।

१७औं शताब्दीताका भएको मजदुर संघर्षको स्‍मरण गर्दै हरेक बर्ष मे १ तारिखमा संसारका मजदुर एक हौं’ भन्ने मुल नारा बोकेर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )