राष्ट्रपति भण्डारी भारत प्रस्थान, के-के छन् कार्यक्रम ? (सूचीसहित)


काठमाडौँ, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट भारतको औपचारिक भ्रमण सुरु गरेकी छिन् । ३० सदस्यीय नेपाली टोलीको प्रतिनिधित्व गर्दै बिहान ११ बजे नेपाल वायु सेवा निगमको जहाजमार्फत राष्ट्रपति भण्डारी भारत प्रस्थान गरेकी हुन् । राष्ट्रपति बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्द किशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका छन् ।

भ्रमण दलमा को-को ?

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवलगायतको ३० सदस्यीय टोली भ्रमण दलमा सहभागी छ ।

भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्। गत कात्तिक १७ गते नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति मुखर्जीले भण्डारीलाई भारत भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति भण्डारी दिल्लीस्थित राष्ट्रपति भवनमै बस्ने बताइएको छ ।

के-के छन् कार्यक्रम ?

१२:४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।

आज नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने ।

भोलि मंगलबार ९:०० बजे- औपचारिक स्वागत, राष्ट्रपति भवन

भारतीय राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा भारतीय सेनाले राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनर प्रदान गर्ने ।

९:३० बजे- महात्मा गान्धीको समाधिस्थल राजघाटमा माल्यार्पण

११:३० बजे – भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता, राष्ट्रपति भवन

१२: १५ बजे- गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता

१५:४५ बजे- वित्तमन्त्री अरुण जेट्लीसँग भेटवार्ता

१६:३० बजे – प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

१७:३० बजे – उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीसँग भेटवार्ता

१९:३० बजे – भारतीय समकक्षी प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता, राष्ट्रपति भवन

भारतीय सत्तारूढ दल भाजपाका साथै विपक्षी कांग्रेसका उच्च नेतृत्वसँग समेत भेटवार्ता ।

बुधबार १०:०० बजे- गुजरात प्रस्थान, गुजरातमा आयोजना हुने कार्यक्रममा सहभागी

१२:४५ बजे- सोमनाथका लागि प्रस्थान, त्यहाँ कार्यक्रममा सहभागी

१४: ४५ बजे- द्वारका प्रस्थान, कार्यक्रममा सहभागी

१७:३० बजे- राजकोट गुजरात प्रस्थान

बिहीबार १०:३० बजे- भुवनेश्वर प्रस्थान, कार्यक्रममा सहभागी

शुक्रबार ९:०० बजे -उडिसाका लागि प्रस्थान, पुरीमा हुने कार्यक्रममा सहभागी

१४:३० बजे- नयाँ दिल्ली फिर्ता

१७:३० बजे- काठमाडौंका लागि नयाँ दिल्लीबाट प्रस्थान

वैशाख ८ गते १९ः०० बजे – काठमाडौँ विमानस्थलमा अवतरण ।
(दैनिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )