तामाङ घेदुङ कुवेतद्वारा तय गरिएको २५६१ औँ बुद्ध जयन्तिको कार्यक्रमको मिति र स्थान परिवर्तन: अब ५ मे मा हवाल्लिमा हुने।


कुबेत नेपालडटकम

अप्रील १६ कुवेत। नेपाल तामाङ घेदुङको आयोजनामा यहि आउँदो १२ मे २०१७ को दिन जिलिबको वेडिङ हलमा नेपालबाट अतिथी कलाकारहरु प्रेम लोप्चन र शशिकला मोक्तान साथमा नेपाल तामाङ घेदुङ नेपाल केन्द्रका अध्यक्ष मोहन गोले तामाङ्को साथमा गर्ने भनिएको २५६१ औँ बुद्ध जयन्ती तथा बृहत साँस्कृतिक कार्यक्रम विविध कारणबस मिति र स्थान सारिएको कार्यक्रमका संयोजक युग लामाले कुबेत नेपालडटकमलाइ जानकारी दिएको छ।  कुबेत नेपालडटकमसंग कुरा गर्दै लामाले विविध कारणबस हामिले पुर्व घोषित मिति र स्थानमा कार्यक्रम गर्न नसकिएकोले अब हवाल्ली स्थित ब्वायज स्काउट थिएटरमा गर्ने भएको र उक्त हल हवाल्ली स्थित सेन्टर पोइन्टको ठिक अगाडि रहेको पोस्ट अफिसको बिल्डिङ्संगै जोडिएर रहेको हलमा हुने बताएका छन।

उनले कुवेतमा क्रियाशील विभिन्न संघसस्था, समाजसेवी, बुद्धिजिबी, पत्रकार, खेलाडी, राजनीतिज्ञ र सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई स्थान र मिति परिवर्तन गर्दा पर्न गएको असुविधाप्रती माफी माग्दै माथी उल्लेखित स्थान र मितिमा उपस्थितिका लागि अनुरोध गरेका छन।

एक हप्ता अगाडि सारेर गर्न लागिएको उक्त कार्यक्रमको लागि यस अघि नै कुवेतका सबै सक्रीय संघसस्थाहरुलाई पत्राचार गरि सकेको र कथमकदाचित पत्र आइ नपुगेको भए पनि यसै समाचारलाई नै आधिकारिक निमन्त्रणा पत्र मानि कार्यक्रममा उपस्थित भइ दिनहुन समेत उनले अनुरोध गरेको छ ।

कार्यक्रम हुने

मिति : ५ मे २०१७ शुक्रबार
स्थान : ब्वाइज स्काउट थेटर हवाली
समय : ११ बजे बिहान
सम्पर्क: युग लामा ६६०३६३८४
राम लामा ९०९११२९६
अमृत लोप्चन ६५८०३२०० दिलकुमार पाख्रिन ६७७९०६८०

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )