Daily Archives: 17/04/2017

तामाङ घेदुङ कुवेतद्वारा तय गरिएको २५६१ औँ बुद्ध जयन्तिको कार्यक्रमको मिति र स्थान परिवर्तन: अब ५ मे मा हवाल्लिमा हुने।


कुबेत नेपालडटकम

अप्रील १६ कुवेत। नेपाल तामाङ घेदुङको आयोजनामा यहि आउँदो १२ मे २०१७ को दिन जिलिबको वेडिङ हलमा नेपालबाट अतिथी कलाकारहरु प्रेम लोप्चन र शशिकला मोक्तान साथमा नेपाल तामाङ घेदुङ नेपाल केन्द्रका अध्यक्ष मोहन गोले तामाङ्को साथमा गर्ने भनिएको २५६१ औँ बुद्ध जयन्ती तथा बृहत साँस्कृतिक कार्यक्रम विविध कारणबस मिति र स्थान सारिएको कार्यक्रमका संयोजक युग लामाले कुबेत नेपालडटकमलाइ जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति भण्डारी भारत प्रस्थान, के-के छन् कार्यक्रम ? (सूचीसहित)


काठमाडौँ, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट भारतको औपचारिक भ्रमण सुरु गरेकी छिन् । ३० सदस्यीय नेपाली टोलीको प्रतिनिधित्व गर्दै बिहान ११ बजे नेपाल वायु सेवा निगमको जहाजमार्फत राष्ट्रपति भण्डारी भारत प्रस्थान गरेकी हुन् । राष्ट्रपति बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो । पढ्नेक्रम जारी राख्नुहोस्

६६० म्यानपावरले हिसाव बुझाए, नबुझाउनेलाई कारबाही हुन्छ : विभाग


होम कार्की, काठमाडौं
वैशाख ३, २०७४- बैदेशिक रोजगार विभागसमक्ष ६ सय ६० म्यानपावर व्यवसायीले आफ्नो सबै आर्थिक कारोवार सहितको विवरण बुझाएका छन् ।डेढ बर्षअघि शुन्य लागत (फ्रि भिसा, फ्रि टिकट) मा कामदार पठाउने व्यवस्था गरे पनि व्यवसायीले आफुखुशी रकम उठाउदै आएका थिए । त्यसैले विभागले हिसाव बुझाउन म्याद दिएको थियो । बिभागका महानिर्देशक बिश्वराज पाण्डेले ६सय ६० वटाले बुझाएको बताए । ‘नुबझाउनेलाई वैदेशिक रोजगार ऐन अनुसार कारबाही हुनेछ’, उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्