स्थानीय चुनाव बिथोल्नेगरी आन्दोलन गर्ने संघीय गठबन्धनको निर्णय


घेराउदेखि आमहड्तालसम्मका आन्दोलनको कार्यक्रम भोलि घोषणा हुने
बसन्त बस्नेत, काठमाडौं
वैशाख २, २०७४- नयाँ संविधान संशोधन विधेयकको स्वामित्व नलिने अडान लिइरहेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय चुनावका कार्यक्रम प्रभावित पार्ने गरी आन्दोलनमा जाने निर्णय गरेको छ । वैशाख ५ देखि ३१ सम्मका लागि प्रदर्शन, घेराउ र हड्तालजस्ता कार्यक्रम गर्ने निर्णय शनिबार तीनकुनेमा आयोजित गठबन्धनले गरेको छ । आन्दोलनका सम्पूर्ण कार्यक्रम उनीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

त्यसअघि बिहान ९ बजे गठबन्धनभित्रका केही शीर्ष नेता बसेर आन्दोलनको तालिकालाई अन्तिम रुप दिने रामसपा महासचिव केशव झाले बताए । बैठकमा संघीय समाजवादी फोरम उपेन्द्र यादवसहित मधेसी मोर्चा र गठबन्धनका नेताहरु सहभागी थिए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )