नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न


कुबेत नेपालडटकम

अप्रील १५,कुवेत, कुबेत जिलिबस्थित वेडीङग हल मा नेपाल कुवेत सरोकार समाज कुवेतले आयोजना गरेको धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ च्यारिटी सो तथा नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सभ्य र भब्य किसिमले सम्पन्न भएको छ ।

निर्धारित १२ बजेको समय भन्दा केही ढिला सुरु भएको कार्यक्रम साझ सम्म चलेको थियो । नेपाल कुवेत सरोकार समाज कुवेतका अध्यक्ष ष दिल स्याङबोको सभापतित्व मा सञ्चालन भएको कार्यक्रमलाई सुरेश ग्याबा तामांगले संचालन गरेका थिए। भने नेपाली दूतावास कुवेतको द्वितीय सचिव भोगेन्द्र लिंदेनको प्रमुख आतिथ्यता तथा द्वितीय सचिव ज्ञान बहादुर मगर, तृतीय सचिव सुरेश अधिकारी, एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष अर्जुन तामाङ, बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेत तर्फबाट डम्मर गुरुङ को बिशेष अतिथिको रुपमा थिए। भने कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।

नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम संस्कृतिप्रेमी दर्शकहरुले खचाखच भरिएको जिलिब वेडीङग हल मा सम्पन्न उक्त कार्यक्रम लाई संस्थाका संरक्षक टीका राम आचार्यले स्वागत मन्तब्यबाट सुरु गरे को थियो भने प्रमुख अतिथि,बिशेष आतिथी,संयुक्तरुपमा दिप प्रज्वलन गरि केक काटी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो औपचारिक कार्यक्रममा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष रमेश राई (चट्याङ), पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले, एनआरएनए/राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्ष अर्जुन तामाङ, एनआरएनए/ छन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य सुजन केसी र प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव भोगेन्द्र लिङदेनले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको मुख्य आकर्शण चर्चित गयाक अतिथी कलाकार गायक डम्बर नेपाली र लोक गायिका तथा मोडल सावित्री जोशीले हलमा खचाखच उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गराएका थिए। डम्बर नेपालीले उनको पहिलो एल्बम “मेलोडि” को “आज आकाशमा एउटा तारा देखिनँ” बाट सुरु गरेर बिग्रेको मान्छे म, तिम्रो पाउजु, तर अन्तिम पल्ट भेट्न आउ, भेट्न मन लाग्छ तिमिलाई, कि छाड उसलाइ कि मार मलाई जस्ता दर्जन भन्दा बढी उनको गीतहरुले मनोरञ्जन दिलाएका थिए । सावित्री जोशीले लोक दोहोरी गीतहरु गाएर दर्शकहरुको छिट छिट पसिना निकालेकी थिईन् । पन्चेबाजा, छड्के सलाम जस्ता आधा दर्जन गीतहरुद्वारा दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएकी थिइन् । बिचमा स्थानिय कलाकारहरुले निर्माण गरेको नयाँ ब्यान्ड “संकल्प नेपाल” ले पनि लाइभ शोद्वारा आधा दर्जन गीत गीत गायर सबैलाई भरपूर्ण मनोरंजन दिन सफल भएका थिए ।

स्थानीय कलाकार हामी पनि के कम भन्दै वाल कलाकार अनिशा लोप्चन, सोम रसाइली, रिया तामाङ, जितु लिम्बू, अमृता लिबाङ लिम्बू, राजु थापामगर, कुमार नेपाली, डोलराज न्यौपाने लगायतका कलाकारहरु को जोडदार प्रस्तुति पस्किएर सबैलाई भरपूर्ण मनोरंजन दिन सफल भएका थिए भने कार्यक्रम लाई भब्य र सब्या बनाउन को लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले प्रायोजन गरेको थिए भने नेपाली रेस्टुरेन्ट,लगायत कुवेतमा रहेका बिभिन्न नेपाली संघ संस्था साथै व्यक्ति बिशेषले कार्यक्रम सफल पर्न आर्थिक सहयोग गरेको थियो।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष दिल स्याङबो ले ले कार्यक्रम एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद दिनु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )