जन-जनजागृति युवा समाज कुवेत ले भित्तेपात्रो सार्वजनिक साथै शुभकामना आदान प्रदान सम्पन्न ।


कुबेत नेपालडटकम

अप्रिल १५ कुवेत आफ्नो स्थापनादेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था जन-जागृती युवा समाज, कुवेतले आयोजना गरेको नेपाली नव वर्ष २०७४ को शुभ–कामना आदान प्रदान साथै नेपाली तिथी मितीमा निस्कासन भित्ते पात्रो सार्वजनिक कार्यक्रम कुबेत फरवानिया स्थित शैलुङ्गे नेपाली रेष्टुरेन्ट मा भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा समाज को अध्यक्ष छत्र कार्कीको सभापतित्व नयाँ बर्ष तथा २०७४ को भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम लाई नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली राजदूतावासकै दित्तिय सचिव ज्ञानबहादुर मगर र तृतिय सचिव सुरेश अधिकारीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम लगायत कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रम लाई समाजका संमरक्षक टिकाराम आचर्यले सन्चालान गरेको कार्यक्रम लाई प्रमुख अतिथी नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङदेनले जन जागृति युवा समाजले नेपालीहरुलाई जानकारी मुलक भित्ते पात्रो प्रकाशित गरी नेपाली राजदूतावासले वितरण गरेको के गर्न हुने र के गर्न नहुने भन्ने सचेतना मूलक सामाग्रीलाई पनि स्थान दिएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समाजले सोही कार्यक्रममा समाजको लागि उदाहरणिय कार्य गरेको भन्दै कार्गो व्यवसायी काठमाण्डौं एयर कार्गोका बसन्त पुन मगरलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति एवम् समाजका अध्यक्ष छत्र कार्कीले नव वर्ष २०७४ को शुभकामना व्यक्त गर्दै समाजलाई तन, मन र धनले साथ दिनुहुने सम्पूर्ण सहयोगिहरुलाई धन्यवाद व्यक्त गर्दै समाजले आगमी दिनमा पनि उदाहरणिय कार्यहरु गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

परदेशी खबरडकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )