खोटांग कुवेत संपर्क मंच, कुवेतले आगामी ५ जुलाईमा छैटौं बार्षिक उत्सव एवं तेस्रो आधिवेशन गर्ने


नैनकला राई/ कुबेत

अप्रिल ८, कुवेत l खोटांग कुवेत संपर्क मंच, कुवेतले आगामी जुलाई ५ तारिकका दिन छैटौं बार्षिक उत्सव एवं आधिवेशन गर्ने भएको छ  कुवेत स्थित जिलिबमा संस्थाका अध्यक्ष मन्जित राईको संयोजकतामा बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राईले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ l

“भाषा अनि संस्कृतिमा बिबिधता, बिकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ खोटांगका बिभिन्न भू-भागहरुबाट आएका केहि खोटांगेहरु मिलेर एउटा नि:स्वार्थ भावना बोकेर सन् २०१० मा स्थापना गरेको खोटांग कुवेत सम्पर्क मंचले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सकृयताको साथ लागेर संथाले मानव जीवनको चौतर्फी विकाशको लागि शिक्षा, स्वास्थ्य, र खेलकुदक लागि उत्तिकै चासो दिदै गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्नखाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग सहयोग गर्दै आएको छ l

उक्त दिन हुन गैरहेको कार्यक्रममा कुवेतमा रहनु हुने खोटांगेहरु लगाएत बुद्धिजिबी , समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाइ कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाइ सफल बनाइदिनु दिनु हुन अध्यक्ष राईले आग्रह गरेका छन् l

कार्यक्रमको लागि हलको खोजी भईरहेको हुँदा स्थान र समय पछी जानकारी गराईने साथै उक्त दिन कुवेतमा कृयाशिल संघ संस्थाहरुलाई कुनै पनि कार्यक्रम नजुधाई भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरीदिन हुन पनि यसै अनलाइन मिडिया परदेशी खबर मार्फत आग्रह गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )