कुवेतबाट मुसहर बस्ति निर्माणमा दश लाख सहयोग


कुबेत नेपालडटकम

कुवेत, अप्रिल ८- धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास स्थित नमूना मुसहर बस्ति निर्माण सहयोगार्थ जन-जागृति युवा समाज कुवेतले संचालन गरेको सहयोग संकलन अभियानमा संकलित रकम दश लाख (१०००००) रुपिया हिजो हस्तान्तरण गरेको छ |

कुवेतको पुरानो सामाजिक सँस्था जन–जागृति युवा समाज कुवेतको पहलमा कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतबासी नेपाली दाजुभाई दिदीबहिनीहरुबाट संकलित रकम समाजका सँस्थापक अध्यक्ष एवं संरक्षक दीपक क्षेत्री र सँस्थापक महासचिव एवं सल्लाहकार कृष्ण मल्लले एक समारोह बिच फाउण्डेसनका प्रमुख सिताराम कट्टेल “धुर्मुस” लाई हस्तान्तरण गरेका हुन् ।

मुसहर बस्ती पुनर्निर्माण सहयोगार्थ अभियानमा २६६ जनाले फेसबुक मार्फत बोल कबल गरी २८५० केडि ७५० फिल्स संकलन हुने अपेक्षा गरिएकोमा उक्त रकम मध्येमा ३२ जनाबाट २५९ केडि उठ्न नसकेको र फेसबुक मार्फत सार्वजनिक नभएका ७४ जनाबाट १४९ केडि २५० फिल्स संकलन गरि अपुग रकम जन–जागृति कोषबाट १७३ केडि थप गरी जम्मा २९२० केडि १०० फिल्स जम्मा गरि धुर्मुस–सुन्तली फाउण्डेसनलाई नेपाली रुपैयाँ दश लाख हस्तान्तरण गरिएको हो । गत जनवरी २७ तारिखबाट सँस्थाका महासचिव टिकाराम आचार्यको संयोजकत्वमा संचालित अभियानमा कोष प्रमुखमा सँस्थाकै संगठन बिभाग प्रमुख अनिल कुमार ठाकुर र सदस्य सचिवमा सूचना विभाग प्रमुख प्रदीप नेपाली रहेका थिए |

कुवेतबाट जन–जागृति युवा समाजले संचालन गरेको सहयोग अभियानलाई विश्वास गरी सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई मुरी मुरी धन्यवाद दिँदै सहयोग अभियानलाई सफल बनाउन अहोरात्र खटेर लागि पर्ने अभियान टिम साथै सम्पुर्ण जन–जागृति परिवारलाई अभियान संयोजक टिकाराम आचार्यले हार्दिक धन्यवाद दिएका छन ।

त्यसै गरि समाजका अध्यक्ष छत्र बहादुर कार्कीले धुर्मुस–सुन्तली फाउण्डेसनको तेश्रो परियोजना मुसहर बस्ती निर्माण अभियानमा सहयोग गर्ने कुवेतका संघ सँस्था र स्वस्फुर्त सहयोग गर्ने व्यक्ति बिशेष, सहयोगी दाताहरु, कुवेत स्थित सम्पुर्ण मिडियाकर्मीहरु, अभियान टिम र सँस्थाका सम्पुर्ण पदाधिहरु प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् |

समरण रहोस धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास स्थित नमूना मुसहर बस्तिको सम्पूर्ण काम सकिएको र आगामी बैशाख १ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )