चुनाव विथोल्न ‘विप्लव’को पार्टीद्वारा उम्मेदवरा र कर्मचारीलाई कडा उर्दी


सन्तोष यादब
सिरहा, २२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्पयूनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनको काम अगाडि नबढाउन र कुनै पनि पार्टीका नेताहरुलाई उम्मेदवार नबन उर्दी जारी गरेको छ । हालै जनकपुरमा सम्पन्न जनकपुर व्यूरोको प्रथम पूर्ण बैठकबाट यस्तो निर्णय गरेको हो । जनकपुर व्यूरो इन्चार्ज सन्देशले विज्ञप्ति जारी गरेर कर्मचारीलाई निर्वाचनमा भाग नदिन र कसैलाई पनि उम्मेदवार नबन्न उर्दी जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– सरकारले घोषणा गरेको कथित निर्वाचन जनताको मुक्तिको साधन नभइ दलाल पुँजिवादी संसदीय व्यवस्था रक्षाको औजार मात्रै भएको छ । त्यसैले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीलगयात देशभर चुनावलाई खारेज गरिनेछ ।

कब्जा गरिएका जमिन छाड्न १५ दिनको अल्टिमेटम

जनयुद्धका क्रममा कब्जा गरिएका जग्गाहरु १५ दिन भित्र फिर्ता गर्न समेत नेपाल कम्यूनिष्ट पार्टीले सम्बिन्धित पक्षलाई अल्टिमेटम दिएको छ । कब्जा गरिएका जमिनलाई पुनः सामन्त वा जमिन्दारलाई नै फिर्ता गर्ने, बेचविखन गर्ने, दलालहरुले कमिसनमा बेच्ने वा कुनै व्यक्तिले सामन्तसँग मिली आफ्नो बताउने जस्तो कुनै कार्य छुट नहुने विज्ञप्तिमार्फत चेतावनी समेत दिएको हो । सबै जमिन १५ दिनभित्र नछाडे जनताद्धारा हुने प्रतिरोधको परिणाम सम्बन्धीत पक्षकै हुने समेत विज्ञप्तीमा उल्लेख छ ।

सुकुम्वासी उठाउने योजना खारेज गर्न माग

ज्नकपुर व्यूरोको क्षेत्रभित्र सुकुम्बासी उठाउने कार्य रोक्न पनि विप्लवको कम्युनिष्ट पार्टीले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ– जनकपुर व्यूरोभित्र सुकुम्बासी उठाउने कार्य बन्द गर्न र उठाइएका सुकुम्वासीलाई तत्काल बाँस गाँसको व्यवस्था मिलाउन माग गर्दछु ।

यस्तै सर्लाहीलगायत जिल्लामा सुकुम्वासीलाई उठाउन सरकारले गरेका हरकत बन्द गर्न पनि माग गरेको छ । साथै अञ्चल, जिल्ला तथा इलाका स्तरका सबै सरकारी तथा गैरसरकारी संघ संस्था वा निकायमा भएका भ्रष्टाचार, कमिशनखोर, अनियमितता तथा बदमासी रोक्न पनि माग गर्दै अन्यथा त्यस्ता कृयाकलापको हाम्रो पार्टी कडा प्रतिरोध गर्ने पनि विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )