कुबेत नेपालडटकम
नेपाल कुवेत सांस्कृतिक मन्चले आगामी अप्रिल ७ तारिख शुक्रबार नयाँ बर्षको अवसरमा बिशेष सांगीतिक धमाकाको सम्पुर्ण तयारी पूरा भएको जानकारी संस्थाका अध्यक्ष गोबिन्द बराले दिनु भएको छ।
स्थापना देखि नै आफ्नो नेपाली संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न लागी परेको नेपाल कुवेत सांस्कृतिक मन्चको चौधऔं प्रस्तुति हो |मंचले बिगतका बर्षहरुमा झै नेपाली नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान गर्दै चर्चित स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम गर्ने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन् |
मन्चले कुवेतमा क्रियाशील सम्पूर्ण संघसस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, नेपाल कुवेत सांस्कृतिक मंचका संरक्षक, सल्लाहकार, शुभ चिन्तक, सहयोगी तथा नेपाली दाजुभाइ, दिदिबहिनिहरुलाइ उपस्थितिको लागि निमंत्रना गर्दै कार्यक्रम सफल बनाइ दिनु अनुरोध गरेको छ। आयोजक नेपाल कुवेत सांस्कृतिक मन्च
कार्यक्रम हुने मिती:अप्रिल ७ तारिख २०१७ शुक्रबार
कार्यक्रम हुने स्थान: युनाइटेड इन्डियन स्कुलनेर,अव्वासिया
कार्यक्रम हुने समय: दिनको ठिक १ बजे
आयोजक :नेपाल कुवेत सांस्कृतिक मन्च