किरात राई यायोक्खाले उभौली पर्व मनाउदै प्रथम अधिवेश गर्ने


अप्रिल १, कुवेत । किरात राईहरुको छाता संस्था किरात राई यायोक्खा, कुवेत शाखाले मे १९ मा उभौली पर्व मनाउने भएको छ । कुवेतमा स्थापनासंगै आफ्ना चाड पर्वहरु नियमित रुपमा मनाउँदै आईरहेको यायोक्खाले यस पटक पनि धुमधामका साथ उभौली पर्व मनाउने भएको हो ।

यायोक्खाले आफ्ना मुख्य पर्वहरु मध्ये बैशाखे पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली पर्व हरेक साल कार्यक्रमहरु आयोजना गरी मनाउने गरेको छ।कार्यक्रमलाई भव्य रुपमा सफल गराउन सम्पूर्ण कुवेतवासी किरात तथा गैर किरात नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थित भई कार्यक्रम सफल गराई दिन बिनम्र आग्रह समेत गरेको छ ।

प्रथम अधिवेशन पनि सोही दिन

किरात राई यायोक्खा कुवेत शाखाको स्थापना काल देखी बिभिन्न कारणले गर्न नसकेको आफ्नो प्रथम अधिवेशन पनि गर्ने सोही दिन गर्ने भएको छ ।२०१४ मार्च १४ मा स्थापना भएको यायोक्खा कुवेतको संस्थापक अध्यक्ष अमित चाम्लिङ राई हुन् । अमित चाम्लिङ पछी रमेश किराती चट्याङ र हाल राजकुमार राई कार्यवाहक अध्यक्ष रहेका छन् ।

कार्यक्रमको लागि हलको खोजी भईरहेको हुँदा स्थान र समय पछी जानकारी गराईने कराको परदेशी खबरलाई जानकारी दिईएको छ ।किरात राई यायोक्खा, कुवेत शाखाले उक्त दिन कुवेतमा कृयाशिल संघ संस्थाहरुलाई कुनै पनि कार्यक्रम नजुधाई भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरीदिन हुन आग्रह पनि गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )