Monthly Archives: अप्रील 2017

न्यानो स्पर्श सधै सबैका लागि!


कुबेत नेपालडटकम

न्यानो स्पर्श सधै सबैका लागि फाउन्डेसन पुर्बाञ्चल समुहले हिजो आफ्नो पहिलो बार्शिकोत्सब इटहरी उप-महानगर पालिका अन्तर्गत एकता चोकमा अबस्थित #गिता गौतम द्वारा सन्चालित बाल आश्रममा भब्य रूपमा मनाएको छ! पढ्नेक्रम जारी राख्नुहोस्

” गजल”


अमर खडका,कुबेत

श्रम बेच्न आयका हौ,स्वाभिमान होईन।
सक्छौ भने पसिना खरिद,ज्यान होईन ।

मैले राम्रो बुझेको छु मेरो राष्ट्रीयता
देश बिर्सने म त्यो कुनै,अन्जान होईन ।

यि नङग्रा खियायर गगन चुम्बी महलहरु
बनायकाहौ पारिश्रमिक पाउन,श्रमदान होईन

मार्न खोज्यो भने मजुर हरु को ज्याला
सहेरै बस्ने नेपालीको ,पहिचान होईन ।

दु:ख मा परेका मजुरहरु को आवाज
नसुन्ने बैरो सरकार को कान,कान होईन।

२५६१ औ बुद्ध जयन्ती तथा बृहत सांस्कृतिक कार्यक्रमको सबै तयारी पुरा, अतिथि कलाकार बुधवार दिउसो ३:३० बजे अाइपुग्ने ।


कुबेत नेपालडटकम
अप्रिल २९, कुवेत । नेपाल तामाङ घेदुङको आयोजनामा यहि आउदो ५ मे २०१७ हवाली स्थित ब्वाइज स्काउट थेटर हलमा हुन गैरहेको २५६१ औ बुद्ध जयन्ती तथा बृहत सास्कृतिक कार्यक्रमको सबै आन्तरिक तयारी पुरा पढ्नेक्रम जारी राख्नुहोस्

जन-प्रगतिशिल मञ्च कुवेतले मनायो मे दिवस अर्थात १२८ औं मजदुर दिवस


कोशराज राई/ कुवेत

अप्रील २८, कुवेत । नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले मे दिवस अर्थात अ १२८ औं श्रमिक दिवस र गत मार्च २४ र २५ मा आयोजित जन-प्रगतिशिल मञ्च कुवेतले पूर्व उपप्रधान तथापरराष्ट्र मन्त्री तथा पार्टी उपाध्यक्ष नारायण काजी श्रेष्ठको उपस्थितिमा आयोजना गरिएको केन्द्रिय भेलाको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जिफन्ट कुवेत द्वारा आयोजित १२८औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइयो (फोटो फिचर)


नैनकला राई / कुबेत

अप्रील २८,जिफन्ट सहायता समूह कुवेतले आज १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुका साथ सम्पन्न गरेको छl कार्यक्रम जिलिब स्थित पपिन्स हलमा सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

जिफन्ट कुवेत द्वारा आयोजित १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यरुपमा सम्पन्न फोटो फिचर


नैनकला राई /कुबेत

अप्रील २८, कुवेत । जिफन्ट सहायता समूह कुवेतले आज १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुका साथ सम्पन्न गरेको छl कार्यक्रम जिलिब स्थित पपिन्स हलमा सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आमाको मुख हेर्ने दिन/मातातिर्थ औंशी


सुयोग ढकाल, बैशाख १३, २०७४
——
मातृदेवो भव ।पितृदेवो भव ।।आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो ।

संसारको सबैभन्दा पवित्र नाता, आमा
संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा
हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा
अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा बिहान सबेरै उठी पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली दूतावास कुवेत अप्रिल २७ तारिख बिहीवार बन्द रहने


कुबेत नेपालडटकम