तारबार लगाउँदा एसएसबीको अवरोध


भारतीय एसएसबीले नेपाली भूभागमा तारबार लगाउँदा विरोध गरेपछि सशस्त्र प्रहरी बल घटनास्थल पुगेर अवलोकन गर्दै ।
चैत्र १७, २०७३- नेपाल–भारत सीमाको दशगजाबाट करिब ८० मिटर उत्तर नेपाली भूमिमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध प्रयास गरेको छ । स्थानीयले त्यसको प्रतिवाद गरेपछि संयुक्त नापी टोपी नआउन्जेलसम्मका लागि तारबार नहटाउने सहमति भएको छ । भारतीय जंगलबाट आउने हात्तीलगायत जंगली जनावर रोक्नका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको दक्षिणी सीमामा विद्युतीय तारबार लगाइएको थियो । त्यसमा एसएसबीले अवरोध गर्न खोजेको हो । सीमा स्तम्भ नम्बर ८६ र ८७ को बीचमा रहेको नेपाली भूमिमा विद्युतीय तारबार लगाउने क्रममा एसएसबीले स्थानीयलाई रोक्ने प्रयास गरेको थियो ।

काम रोक्न एसएसबीका जवान हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको स्थानीय विष्णु रिजालले बताए । घटनालगत्तै राजापुरस्थित सशस्त्र प्रहरीको टोली पुगेको थियो । सशस्त्र प्रहरी निरीक्षक प्रकाश रानाले संयुक्त नापी टोली नआएसम्म नेपाली भूभागमा तारबार लगाउन दिने सहमति भएको जनाए । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत सीमावर्ती खैरीचन्दनपुरबाट राजापुरसम्म करिब २७ किमि क्षेत्रमा तारबार लगाउन थालिएको छ । करिब ६० लाखको लागतमा विद्युतीय तारबार लगाउने काम भइरहेको हो । बर्सेनि यस क्षेत्रमा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु संरक्षण केन्द्रबाट हात्ती लगायत जनावर नेपाल छिरेर धनजनको ठूलो क्षति पुर्‍याउँदै आएका छन् ।

दुई दिनअघि एसएसबीले मधुवनस्थित ७५ र ७६ नम्बर सीमा स्तम्भ नजिक कुलो बनाउँदा स्थानीयले विरोध गरेका थिए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )