प्रताप विष्ट, हेटौडा
चैत्र १६, २०७३- नेपाल पत्रकार महासंघको ६२औं स्थापना दिवसको अवसरमा हेटौडामा बुधबार प्रभातफेरी गर्नुको साथै प्रवचन कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्वारा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष हरि हुमागाईंले स्व. कृष्णप्रसाद भट्टराईको स्मरण गर्दै ६२ वर्ष अगाडि निरंकुशताविरुद्ध र स्वतन्त्रताको पक्षमा पत्रकार महासंघ स्थापना गरिएको बताए । ‘महासंघ स्थापना भएको ६२ वर्ष बितिसक्दा पनि अझै पत्रकारहरु असुरक्षित अवस्थामा छन्’ उनले भने ।
महासंघ सुदृढ र बलियो नभएसम्म सञ्चारकर्मीहरुको अवस्था सवल नहुने उनले दाबी गरे । हेटौंडाको सिमाचोकबाट निस्केको प्रभात फेरीले नगर परिक्रमा गरेर बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
(कान्तिपुर )