सप्तरीमा एमालेले कार्यक्रम गरेकै ठाउँमा मोर्चाले आज सभा गर्दै


राजविराज, १३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी जिल्लास्थित गजेन्द्रनाराण सिंह औद्योगिक क्षेत्रमा श्रद्धाञ्जलि सभाको कार्यक्रम राखेको छ । दिउँसो एक बजे हुने श्रद्धाञ्जलि सभालाई उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झासहितका नेताहरूले सम्बोधन गर्ने छन् । सभामा सहभागी हुन मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू राजविराज पुगिसकेका छन् ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका बेला एमालेले आमसभा आयोजना गरेकै स्थानमा मधेसी मोर्चाले आज श्रद्धाञ्जलि सभा राखेको हो । सभामा दश हजारभन्दा बढी कार्यकर्ता ओराल्ने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पनि श्रद्धाञ्जलि सभामा उल्लेख्य कार्यकर्ता ल्याउनका लागि विशेष अभियान नै चलाएको बताए ।

एमालेको आमसभा सकिएर फर्कने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा मोर्चा समर्थक पाँच जनाको ज्यान गएको थियो ।

उनीहरूलाई श्रद्धाञ्जलि दिन मोर्चाले आज कार्यक्रम राखेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए (दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )