पत्रकार नैनकला राईले गरिन् अनाथ बाल वालिकालाई सहयोग


मार्च २५, काठमाणडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत किरात राई यायोक्खा कुवेतकी उपाध्यक्ष एवं परदेशी खबरका कार्यकारी सम्पादक नैनकला राईले आफ्नो छोटो छुट्टिको समयमा राजधानीको नयाँ बानेश्वर संगम चोक स्थित नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई खाधन्नका साथ लताकपडा प्रदान गर्नु भएको छ ।

२०६४ मा स्थापना भएको नयाँ नेपाल समाज केन्द्रमा संचालक कृष्णराज गुरुङका अनुसार सुरुवातमा ११ जना बालबालिका रहेको र अहिले ६७ जना बालबालिकालाई केन्द्रमा राखेर नर्सरीदेखि कक्षा ९ सम्मको अध्यान गराइरहेको छ ।संचालक गुरुङ् ओखलढुंगा रावाडोलु गाबिसमा कार्यरत रहेको शिक्षकको पेशालाई बिट मारेर राजधानीको पशुपति क्षेत्रमा व्यवसायिक रुपमा क्याफेको संचालन गर्दै आएका गुरुङको मन व्यापार भन्दा पनि गरिब अनाथ बालबालिकाहरु कठ्यांग्रिने जाडोमा पनि थोत्रो मैलो फाटेको कपडा र खाली खुट्टामै आएर मागेर खाएको देख्दा उनको मनलाई थाम्न सकेकन् र यस्ता अनाथ बालबालिकाहरुको लागि केहि गर्नु पर्छ भन्ने भावना जागेर आयो । यस भावनालाई जिवान्त राख्दै अन्ततः क्याफे बिक्रि गरेर यस्ताखाले पुण्य कामका लागि श्रीमती लगाएत केही सहयोगी साथीहरुको सहायतामा १३ जना बाल वालिकाहरुलाई जम्मा गरी सुरु गरेका थिए । जुन सुरुवाती अवस्थामा कानूनी रुपमा स्थापना गर्नु र तिनका पालन पोषण गर्नुका लागि ठुलै संघर्ष गर्दै विभिन्न खालका चुनौतीहरुलाई पार गर्दा घर दैलोमा पुगेर खाध्यन्न जुटाएको बताए ।

केन्द्रमा रहेका बालवालिकाहरुलाई स्थानीयवासी लगाएत मनकारी सहयोगी दाताहरुको सहयोग र पठन पाठनको लागि केहि छुटका साथ विद्यालय सहयोगबाट चल्दै आएको केन्द्रमा वहाँले गर्नु भएको त्यागको उदाहरणीय कामले समाजमा ठुलो परिवर्तन ल्याउनमा अतुलनीय भूमिका रहने छ भन्ने बुझाईका साथ यस्ताखाले सह्राहनिय कामलाई केही टेवा पुगोस् र बाल वालिकाहरुको उज्वल भविष्यको पनि कामनाका साथ केन्द्रमा रहेका बाल वालिकाहरुलाई किरात राई यायोक्खा कुवेतकी उपाध्यक्ष एवं परदेशी खबरका कार्यकारी सम्पादक नैनकला राईले क्यान्सरको सचेतनामुलक लोगो सहितको सबै बालबालिकाहरुलाई १/१ वटा टि- शर्ट र खाध्यन्न तेल, दाल चामल र चिउरा हस्तान्तरण गर्नु भयो।परदेशको भूमिमा पनि सकृय भई लागि पर्नु भएकी राईले छोटो छुट्टिको समयलाई सदुपयोग गर्दै यो वर्ष जस्तै पोहोर सालमा पनि काठमाणडौको मनमैजु स्थित एकीकृत समाजका अनाथ बालबालीकाहरुलाइ खाध्यन्न का साथ केहि स्पोर्ट टि-सर्ट बितरण गर्नु भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )