Daily Archives: 26/03/2017

सप्तरीमा एमालेले कार्यक्रम गरेकै ठाउँमा मोर्चाले आज सभा गर्दै


राजविराज, १३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी जिल्लास्थित गजेन्द्रनाराण सिंह औद्योगिक क्षेत्रमा श्रद्धाञ्जलि सभाको कार्यक्रम राखेको छ । दिउँसो एक बजे हुने श्रद्धाञ्जलि सभालाई उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झासहितका नेताहरूले सम्बोधन गर्ने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आगामी ३१ मार्च शुक्रबार कुवैतमा नेपाली चलचित्र लुट 2 फाहाहिल स्थित अजिल मलमा भव्य प्रदर्शन हुँदै।


नेपालको बिभिन्न शहरहरुमा प्रदर्शन हुदै गरेको सुपरहिट चलचित्र ‘लुट २’ कुवेतको फाहिल स्थित अजियल मलको सिनेमा हलमा प्रदर्शन हुने दिपक लिम्बुले जानकारी दिएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्

ब्लड क्यान्सर पिडित नईशालाई नेवा गुठि कुवेतको १ लाख सहयोग


कुवेत, मार्च २५- नेवा गुठि कुवेतले नईशा शाक्य बचाऊ अभियानमा संकलित रकम एक लाख रुपिया हस्तान्तरण गरेको छ | ब्लड क्यान्सर भै सिटि अस्पतालमा उपचार गराइरहेकी नईशालाई संजोक साक्यले आज अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् |

आर्थिक अवस्था कम्जोर रहेकी नईशाको उपचारका लागि नेवा गुठि कुवेतले संचालन गरेको अभियानमा उदास श्रेष्ठ र समिर साक्यले बिशेष भूमिका निर्वाह गरेका थिए | गत जनवरी २४ तारिख देखि संचालन गरेको अभियान गत १७ तारिख शुक्रबार देखि पूर्ण रुपमा बन्द भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार नैनकला राईले गरिन् अनाथ बाल वालिकालाई सहयोग


मार्च २५, काठमाणडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत किरात राई यायोक्खा कुवेतकी उपाध्यक्ष एवं परदेशी खबरका कार्यकारी सम्पादक नैनकला राईले आफ्नो छोटो छुट्टिको समयमा राजधानीको नयाँ बानेश्वर संगम चोक स्थित नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई खाधन्नका साथ लताकपडा प्रदान गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्