कुबेत नेपालडटकम
हिजो मार्च २५ हिजो मातृभूमी नेपाल युवा क्लबले आयोजना गरेको युएई एक्स्चेन्ज मातृभूमी फुटबल कप २०१७ कप बिजेता द टाईगर ले चुम्न सफल भएको छ ।
सवहैयाको सुबिधा सम्पन फुटबल ग्राउण्ड निर्धारित समय भन्दा केही ढिला सुरु भएको औपचारिक कार्यक्रममा मातृभुमी नेपाल युथ क्लव कुबेतको अध्यक्ष ॠषि थापा मगर को सभापतित्वमा समाजसेवी बिष्णु परियार प्रमुख अतिथि तथा गैर आवासिय नेपाली संघ (एनआरएनए) / राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतका अध्यक्ष अर्जुन तमाङ बिशेष अतिथि कुवेतमा रहेको थियो भने कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाहरु ,पत्रकार ,कलाकार खेलाडीहरु उल्लेख्य दर्शकहरुको उपस्थिती रहेको थियो । बिजेता र उपबिजेतालाई नगद ,कप र प्रमाणपत्र ,मेडल,प्रदान गरिएको थियो।
कार्यक्रमलाई कुबेत नेपालडटकम को प्रधान सम्पादक: जय आले मगरले सन्चालन गर्नु भएको थियो भने अफिसल डेक्स मा माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब को सचिव,ससचिव डम्बर रिमाल,सुरेशगुरुङ ले सहयोग गर्नु भएको थियो। अतिनै राम्रो बातावरणमा टुर्नामेन्टका सम्पूर्ण खेलहरु सम्पन्न भएका थिए। फाईनल खेल सकिएपछी पुरस्कार बितनरण कार्यक्रममा अनुशासित टिम , बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर ,अंपियर, धेरै गोल गर्ने खेलाडी सबैलाई कप ,मेडल र प्रमाणपत्र पुरस्कार राखिएको थियो।
यस कार्यक्रमलाई युएई एक्सचेन्ज कुवेत र IME नेपालले मुख्य प्रायोजन गरेको थियो भने समाजसेवी राजेन्द्र बिरही ले ब्यनर स्पोन्सर गरेको थियो । प्रथम हुनेलाई कप, ,नगद १०१ केडी ,मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई कप ,नगद ५१ केडी ,मेडल र प्रमाणपत्र पुरस्कार राखिएको फुटबल प्रतियोगिता भब्य रुपमा सम्पन्ह बनाउन सहयोग गर्ने सबैलाई मातृभूमी नेपाल युवा क्लब को तर्फबाट बिशेष धन्यबाद अध्यक्ष ॠषि थापा मगरले दिएका थिए।
मातृभुमी ”UAE एक्सचेंन्ज” फुटबल कप सम्पूर्ण खेलहरुको नतिजा अल्घानिम- ४ नेपाल कुवेत सरोकार समाज- ०
क्वार्टर फाईनल :
मातृभूमि ब्लु – ०, द पूर्बेली टाईगर – ३
मातृभमि रेड – १, युनिक नेपाल – २
आईएल सी – ३, एन एफ सी १
अल्घानिम – ४, किरात राई यायोक्खा – २
सेमीफाईनल:
द टाईगर – ४, आईएल सी – २
अल्घानिम – १ (६) युनिक – १ (७)
फाईनल:
द पूर्बेली टाईगर – २, युनिक नेपाल – १