Daily Archives: 23/03/2017

चिनियाँ रक्षामन्त्री चाङ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै


काठमाडौंः चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान काठमाडौं आइपुगेका छन्। रक्षामन्त्री बालकृष्णा खाँणको निमन्त्रणमा चिनियाँ रक्षामन्त्री चाङ तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका हुन्। रक्षामन्त्री चाङले प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुअघि दिउँसो तीन बजे नै प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता भएपछि चाङले रक्षामन्त्री बालकृष्ण खाँणसँग सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता गर्ने कार्यक्रम छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने


काठमाडौं- विश्व क्रिकेटमा सनथ जयसूर्याको विस्फोटक ब्याटिङ र तीव्र गतिका बलर चामिन्दा भासको बलिङबाट नडराउने कमै खेलाडी होलान्। श्रीलंकाका यिनै महान् क्रिकेटरसँग नेपाली क्रिकेट टोलीले तीन ट्वान्टी–२० शृंखला खेल्ने भएको छ। नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको अवसरमा पेरिविंकल सर्भिसले तीन ट्वान्टी–२० शृंखला गर्न लागेको हो। गोर्खा राइनोज नाम दिइएको नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने श्रीलंकन लायन्स नाम दिइएको श्रीलंकन टोलीको कप्तानी पूर्वकप्तान अरविन्द डी सिल्भाले गर्नेछन्। पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्डको चीन भ्रमणः विना तयारीको यात्रा


‘भारतपरस्त’ को आरोप पखाल्नु नै प्रचण्डको सफलता ?
कल्याण रोका
चीनको हैनान प्रान्तको बोवाओमा मार्च २३ देखि २६, २०१७ मा आयोजना हुने बोवाओ सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सहभागि हुँदैछन् । गैरसरकारी र गैरनाफामुखी चरित्र बोकेको यो फोरमको मुख्य कार्यालय चीनको हैनान प्रान्तको बोवाओमा रहेको हुनाले यो फोरमलाई बोवाओ फोरम भनेर चिनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्