Daily Archives: 22/03/2017

सर्वोच्चले खोस्यो चन्दको फूलीः नवराज सिलवाल आईजी बन्ने बाटो खुल्यो


काठमाडौं, ८ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति’bout सोमबार भएको बहसपछि सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको पक्षमा फैसला गरेको छ । अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय बदर गरेको हो ।प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको विवादको टुंगो लगाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

जलस्रोत कब्जा गर्ने भारतीय रणनीति


विकास थापा
काठमाडौं : नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४ मा भएको नेपाल-भारत विद्युत् व्यापार सम्झौताको मर्मअनुसार हुनुपर्ने उल्लेख गर्दै उक्त निर्देशिकाप्रति सरकारले औपचारिक रूपमा पहिलोपटक आपत्ति जनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्