Daily Archives: 21/03/2017

साउदीद्वारा ९० दिने आममाफीको घोषणा


होम कार्की, काठमाडौं
साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइतबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ गतेबाट लागू हुनेछ । साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघनबिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्षअगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए । साउदी अरबका कम्पनी छाडेर गैरकानुनी हिसाबले अर्को कम्पनीमा काम गरिरहेका, कम्पनीले भिसा नलगाई राखेका, कम्पनी बन्द भई स्वदेश फिर्न नपाएका जस्ता कामदारहरूले आममाफीको कार्यक्रममा फाइदा लिन सक्ने नेपाली दूतावासले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्