शिघ्र स्वास्थ्यलाभको कामना धन्यवाद सम्पूर्ण रक्तदाताहरुलाई


आफ्नो परिवार मात्र होईन भबिस्यको लागि केही गरौला भनी कुवेत आएको देबदह-१२ प्रगती नगर रुपन्देही स्थाइ ठेगाना भएका धन प्रसाद गुरुङ धेरै अघी देखी कुवेतमा कार्यरत थिए । शुरुवाती समय देखी नै तमू समाज, कुवेतका सल्लाहकार रही आउनु भएका छ। सबै सँग मिजासिलो ब्याबहार गर्ने उहा बिगत केही महिना देखी अश्वस्थ हुनुहुन्थ्यो । पेट सँग सम्बन्धित रोगले ग्रस्त बनाउदै गए पछी उहालाई उपचारार्थ गत मार्च ५ तारिख कुवेतको आदान हस्पितलमा भर्ना गरीएको थियो । उपचारको क्रममा उहाको पेटको आन्द्रसयमा समस्या देखिएको र यस्को निरुपणको लागि अपरेशन नै गर्नु पर्ने डक्टरको सल्लाह थियो जस्को लागि ४ पिन्ट ‘ओ'(पोजेटिव) रगत आवश्यक पर्ने कुरा जनाएको थियो । बिरामी धन प्रसादको उपचारको निम्ती रगतको आवश्यकता परेको जानकारी पाए पछी तमू समाज, कुवेतका अध्यक्ष खोप गुरुङ द्वारा सेन्ट्रल ब्लड बैन्क, कुवेत सँग समन्वय गरी आवश्यक ४ पिन्ट ‘ओ'(पोजेटिव) रगत उपलब्ध गराए पश्चात हिजो बिहान उहाको ४ घण्टा लामो अपरेशन सफल भएको छ । हामी उहाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

बिरामी धन प्रसाद गुरुङलाई आवश्यक रगत सजिलै उपलब्ध भएको भने होईन, तमू समाज, कुवेत द्वारा आयोजना गरिने ब्रिहत रक्तदान कार्यक्रम अन्तर्गत रक्तदान गरी सन्कलित रगत कै कारण उहाले रगत प्राप्त गर्न सफल हुनु भएको हो, यस अर्थमा सम्पूर्ण रक्तदाताहरु सँग धन प्रसाद जि को भावनात्मक रगतको नाता गासिएको छ भने रक्तदाताहरु प्रती उहाको आर्शिर्बाद त छ नै ।

प्रबासको बिरानो भुमिमा ‘ब्रिहत रक्तदान कार्यक्रम’को आयोजना पस्चात यसबाट तपाईं हामीले नै पाईने लाभको यो पछिल्लो उदाहरण हो, यस अघी पनि नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लगाएत छिमेकी मुलका बिदेशी नागरिकहरु समेतले प्रतछ्य लाभ लिईसकेको जानकारी यहाँहरु समक्ष्य गराउन चाहन्छौ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )