लुम्बिनी समाज नेपाल कुबेतको चौथो वार्षिकोत्सव, वार्षिकोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


कुबेत नेपालडटकम

मार्च १७,कुवेत ,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतको चौथो वार्षिकोत्सव तथा नयाँ वर्ष २०७४ सालको क्यालेन्डर विमोचन र जहारा हस्पिटल मा उपाचार गराउँदै आएकी बिरामी तारा थापा मगरलाई सहयोगार्थ संकलित रकम विवरण कार्यक्रम सम्पन्न गरेको छ ।

कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा भएको कार्यक्रममा समाज को अध्यक्ष एच पी खत्री को सभापतित्वमा नयाँ बर्ष तथा २०७४को भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम लाई नेपाली राजदूतावास कुवेतका राजदुत यज्ञ बहादुर हमालको प्रमुख आथित्यमा अतिथि रहेको थियो। भने सो कार्यक्रम मा दूतावास परिवार,कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो

कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। भने समाज को बिशेष सल्लाहकार नवारज पन्थी ले सन्चालान गरेको कार्यक्रम लाई समाज को सल्लाहकार विष्णु परियारले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । भने समाजको वारेमा पूर्व अध्यक्ष राजु कार्कीले समाज को ’boutमा प्रष्ट पर्नु भएको थियो। उक्त कार्यक्रमलाई बिभिन ब्यक्ती बिशेस ले शुभकामना मन्तब्य दिनु भएको थियो।प्रमुखअथिति यज्ञ बहादुर हमाल,महासंघ कुवेतका हरिकृष्ण न्यौपाने, भोजपुर सेवा समाजका कोषराज राई ,नेपाल तामाङ घेदुङ कुवेतका अमित तामाङ,एनआरएनए कुवेतकी मधू बगर, यूएई एक्सचेंजका राम बस्नेत,प्रवासी मन्च कुवेतका युवराज गैरे , सुदुर पश्चिमाका अमर खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बार्षिक उत्सव समारोहको अवसर पारी समाजले नेपाली राजदूतावास कुवेतका नव नियूक्त दितिय सचिब ज्ञान बहादुर मगरलाइ स्वागत गरेको छ । भने कुवेतमा लामो समय कृयाशिल रहेका समाजसेवी दिपक क्षेत्रीलाइ बिदाई गरेको छ। उनि कुवेत वसाइलाइ बिट मारि स्वदेश फिर्दै छन । एन आर एन ए कि महिला सदस्य मधु बगर लाई दोसल्ला ओढाएर सम्मान गरेको थियो

कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि कलाकार नेपाल कुबेत सास्कृतिक मान्च,अध्यक्ष माधव शर्मा,र लालीगुराँस साँस्कृतिक परिवार नेपाल-कुवेत को अध्यक्ष्य डिबी लोप्चन तमाङ ले जोडदार प्रस्तुति पस्किएर सबैलाई भरपूर्ण मनोरंजन दिन सफल भएका थिए ।

समाजले कुवेतमा सामाजिक अभियन्ताको रुपमा समाजमा पुर्याएको योगदानको उच्च क़दर गर्दै समाजसेवी द्वय खोप गुरुङ र राम बस्नेतलाइ विषेश सम्मान गरेको छ । त्यसैगरि समाजलाइ सदैब सगयोग गर्ने समाजका सदस्यहरु बिष्णु परियार, तारा पौडेल,शम्शेर रानाभाट,रिता थापा रायमाझी र सुमित्रा पौडेलका साथै स्थानिय लोगगायक द्वय माधब शर्मा र डीबी लोप्चन तामाङलाइ पनी सम्मान गरेको छ । तारा थापा मगरको लागी समाजले चलाएको आर्थिक सगयोग अभियानमा सहयोग गर्ने कृष्ण भन्डारी,मान बहादुर बलायर,शान्ता भण्डारी,अनिल ठाकुर,साबित्री देवी गैरे,कमल सुवेदी,मेघराज शाही र लाल शाहीलाइ प्रसंशा पत्रले सम्मान गरेको छ।

समाजले जहारा अस्पतालमा उपचार गराउदै आएकी तारा थापा मगरको सहयोगार्थ सन्चालित आर्थिक संकलन अभियानमा १५३ जना सगयोगदाता वाट १४३१ केडी ३४० फ़िल्स रकम जम्मा गरेको विवरण सार्वजनिक गरेको छ ।अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष एच पी खत्रीले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरिएको थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )