एनआरएनए कुवेतद्वारा मृतक जमुनाको शव नेपाल पठाउन १ लाख २० हजार रुपैयाँ) आर्थिक सहयोग


कोशराज राई / मार्च १६, कुवेत

गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतमा मृत्यु भई शव नेपाल फर्काउन लाग्ने रकम ३ सय पचास कुवेती दिनार (करिब १ लाख २० हजार रुपैयाँ) सहयोग गरेको छ ।

चन्डेश्वरी ५ लम्जुङ घर भएकी बर्ष ३५ की जमुना बिश्वकर्मको गत मार्च ५ मा उपचारको क्रममा अस्पतालमा निधन भएको थियो । साढे ४ बर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत आएकी थिईन्।

जमुना अवैधानिक रुपमा कुवेतमा वसोवास गरीरहेकी र उनलाई कुवेत ल्याउने एजेण्ट पनि कुवेत बसाई समाप्त गरेर नेपाल गईसकेको कारण शव नेपाल पठाउन गाह्रो भएको कारण नेपाली राजदूतावासले परिषदसंग सहयोगको लागि आग्रह गरेको कारण आफूहरुको टोली आज दूतावास मै गई उक्त सहयोग दूतावासका तृतिय सढिव सुरेश अधिकारीलाई हस्तान्तरण गरेको परिषदका अध्यक्ष अर्जुन तामाङले परदेशी खबरलाई जानकारी दिएका छन् ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष अर्जुन तामाङ, महासचिव अमित राई, गैर आवासिय नेपाली संघ (एनआरएनए)/ अन्तराष्ट्रिय परिषदका सदस्य सुजन केसी राहतकोषका संयोजक लगायतको टोलीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । अब केही दिन भत्र नै जमुनाको शव नेपाल जाने छ ।

कुवेतमा गैर कानूनी रुपमा बसोवास गर्दा स्वास्थ्य उपचार, कानूनी उपचार र कथंकदाचित निधन भएमा शव नेपाल लान समेत समस्या हुने हुँदा यसरी गैर कानूनी रुपमा वसोवास नगर्न र यस कार्यमा प्रोत्साहन नगर्न गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष अर्जुन तामाङले सबैमा अनुरोध पनि गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )