तोकिएकै मितिमा निर्बाचन गरेर मुलुकलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजानुपर्छ,तरूण नेता पुर्ण गुरूङ।


तरूण नेता पुर्ण बहादुर गुरूङले युवा शक्ति नेपालमै रोक्नु पर्ने बताएका छन।साथै दिन प्रतिदिन बैदेशिक रोजगारीको लागी बिदेशिएका तमाम युवाहरू स्वदेशमा परिचालन गर्न सरकारले बिशेष युवा लछित कार्यक्रम ल्याउनुपर्ने बताएका छन साथै लामो समयको प्रतिक्षाबाट नेपाली जनताका प्रतिनिधीले निर्माण गरेको संबिधान कार्यान्वयन नहुँदा मुलूक अँध्यारो तर्फ धकेलिन खोजेको बताउँदै नेता गुरूँगले छिटो निर्बाचन गरेर मुलूकलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजानुपर्ने बताए।सो कुरा नेता गुरूँगले सोमबार तनहुँको रघुमा भएको होली पुर्णिमा बिशेष कार्यक्रममा बताएका हुन।

त्यस्तै तरूण नेता गुरूगले आउँदै गरेको स्थानिय चुनाबमा तरूणहरूलाई गाँउ गाँउ जान आग्रह पनी गरेका थिए ! यो राष्ट्रलाई सम्बृद्धिको बाटोमा लैजाने एकमात्र पार्टी नेपाली काँग्रेस भएकाले आगामी चुनाबमा काँग्रेसलाई बिजय गराउन थप आग्रह समेत गरेका थिए।प्रगतिशिल युवा क्लव अध्यक्ष मणि थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा एमाले तनहुँका सचिबालय सदस्य मेख बहादुर थापा नेपाल तरूणदल तनहुँका अध्यछ बिर बहादुर थापा नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य भक्त श्रेष्ठ बिक्रम खाँड बिश्व बास्तोला नेपाल तरूणदल स्याँगजाका जिल्ला सदस्य बलराम गिरी बिश्नास पुरी लगायतले बोलेका थिए।त्यस्तै कार्यक्रममा कलाकारहरू शिब हमाल प्रिती आले भागीरथ चलाउने मोडल शंकर बि.सी. पार्बती राई लगायतले दर्शकलाई भरपुर मनोरन्जन गराएका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )