जिफन्ट ग्रुप कुवेतद्वारा धरहरा निर्माणार्थ आर्थिक सहयोग


कुवेत, मार्च १४- सरकारको निति तथा कार्यक्रम अन्त्रगत मेरो धरहरा म आफै बनाउछु भन्ने नारालाइ आत्मासाथ गर्दै जिफन्ट सपोर्ट ग्रुप कुवेतले सय फिल्सको दान, धरहरा निर्माण अभियान भन्दै संचालन गरेको अभियानबाट संकलित रकम एकलाख एक हजार एकसय एघार रुपैया प्रधानमन्त्री कोषमा धरहरा निर्माण शिर्षकमा जम्मा गरेको छ ।

देश निर्माणमा योगदान गर्नुहुने कुवेतमा कार्यरत नेपाली समुदायबाट संकलित उक्त रकम GEFONT-General Federation of Nepalese Trade Unions का अध्यक्ष बिष्नु रिमालले कोषको खातामा जिफन्ट सपोर्ट ग्रुप कुवेतकै नामबाट जम्मा गराएका हुन् ।जिफन्ट सपोर्ट ग्रुप कुवेतले संकलन गरेको सो रकम गत कार्तिक महिनामा उपाध्यक्ष तथा कोषाध्यक्ष ठाकुर प्रसाद पाण्डेले जिफन्ट केन्द्रिय कार्यालयमा अध्यक्ष रिमाललाइ हस्तान्तरण गरेका थिए।

अभियान चलिरहेकै समयमा नेपाल सरकारले धरहरा निर्माण अरु नै कम्पनिलाइ जिम्मा दिए पश्चात संकलन अभियान बन्द गरेर संकलित रकम जिफन्टको केन्द्रिय कार्यालयमा जम्मा गरेको अभियानका संयोजक गणेश रावतले बताएका छन ।प्राकृतिक प्रकोपले संकट्मा पारेको घडिमा आ-आफ्ना ठाउबाट स्वैच्छिक संकलनमा जुटेका जिफन्ट सपोर्ट ग्रुपका सदस्यहरुले कुवेतमा नेपाली श्रमिकहरु कार्यरत बिभिन्न स्थानहरुमा गएर रकम संकलन गरेका थिए। जिफन्ट ग्रुप कुवेतका अध्यक्ष अर्जुन बस्नेतले यस अभियानमा आ-आफ्ना तर्फबाट स्वइच्छाले देशको धरोहर धरहरा निर्माणमा योगदान गर्नुहुने सम्पुर्ण सहयोगी देशप्रेमी श्रमिक दाजुभाइ दिदिबहिनिहरुमा धन्यवाद दिदै भविस्यमा पनि देश निर्माणमा सहयोग रहिरहने आशा व्यक्त गरेका छन।

सहयोग संकलन अभियानमा तदारुक्ताका साथ तन, मन,धन र वचनले अहोरात्र खटेर अभियान सफल बनाउन लागि परेकी जिफन्ट सपोर्ट ग्रुपकी महिला प्रतिनिधि सुस्मिता लिम्बु, सदस्य राजु कल्लेल, सचिव उदास श्रेष्ठ, सुभचिन्तक तथा समाजसेवी बाग बहादुर बस्नेत र सुभचिन्तक तथा समाजसेवी सुसिल थापा लगायतलाइ सहयोगको उच्च मुल्यांकन गर्दै जिफन्ट सपोर्ट ग्रुप कुवेतले धन्यवाद दिएको छ |

करिब ७५ हजार नेपाली श्रमिकहरु कार्यरत मुलुक कुवेतमा यस अभियान सगै जिफन्ट टिम श्रमिकहरु बस्ने निवासहरुमा श्रमिकहरुको अवस्था र बसाइको अवलोकन गर्दै, कुवेतको भौगोलिक, सामाजिक, धार्मिक लगायतका बिषयमा चेतना गराएका थिए। श्रमिकहरुले कुवेतको कानुनलाइ सर्वोपरी ठान्दै नेपाल र नेपालीको कुनै पनि स्वाभिमान प्रति आच आउने प्रकारका गतिविधि नगर्न जनचेतना प्रचार तथा श्रमिकहरुलाइ आफ्ना हक हित र अधिकारहरु के के हुन भन्ने बिषयमा बिचारगोष्ठिहरु समेत गर्ने गरेका थिए । साथै बिभिन्न कम्पनिहरुमा पुगी श्रमिकहरुको अवस्था, उनिहरुले गरेको एग्रिमेन्ट अनुसारको तलब, भत्ता, टिकट, बोनस लगायतका सेवाहरु पाए नपाएको बुझ्दै पिडितलाई न्यायको लागि पहल गरेको बताएको छ | नेपालीहरुले शरिरिक, मानसिक लगायतका अमानवियताको सिकार पो भएका छन की, अंगभंग वा मृत्यु भएकाहरुले पाउन पर्ने सुविधाहरुबाट बञ्चित पो छन वा सो सेवा नपाएका छन की भन्ने चासो र यसको निर्क्योल गरि श्रमिकहरुका समस्या सम्वन्धित निकायहरुमा पुर्याउन समेत भुमिका खेलि रहेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )