होली पर्वको सही मतलब नजान्दा दुःखद घटनाको सामना


भनाइ नै छ जान्नेलाइ श्रीखण्ड नजान्नेलाइ खुर्पाको बिंड,  कुवेत बस्दै अाएको १ दशक नाघ्यो अाज सम्म हाम्रो  नेपाल र हामी नेपालीहरूले मनाउने कैंयन  चाँड बाड कार्य ब्यस्तता र समयको अभावका कारण मनाउन नसक्दा दुःख लाग्नु स्वभाविकै हो । तर विदेशमा अाफ्नो काम लाइ यथावत दिदै  जो जस्ले  समय मिलाएर मनाउछन तिनिहरूले उक्त चाँड बाडलाइ गलत ताैंर तरिकाले मनाएको देख्दा मनाउन नपाएको भन्दा बढी  दुःख लाग्छ ।  फागु पुर्णीमा हामी नेपाली हरूको प्रमुख चाँड हो । यसलाइ हामी सम्पुर्ण नेपाली हिमाल पहाड तराइ सबै जात जातीहरूले हर्षोल्लाका साथ मनाउदै अाएका छाैं यस्लाइ निरन्तरता दिदै कुवेतमा पनि कतिले मनाए होला तर म अाफैंले भने समय अभावका कारण मनाउने मउका नपाएकोमा एक मन दुःख लागेको छ । भर्खरै मात्र सकिएको होलीको दिन  म हतार हतार डिउटी जाँदै गर्दा म बस्दै गरेको अपार्टमेन्टको तल चार पाँच जना रक्सिले मातिएका र विभिन्न किसिमको रंगले लतपतिएका नेपाली  दाजु भाइहरूले  अ-अाफ्नै साथी भाइ बिच होहल्ला गर्दै  कुटा कुट गर्दै गरेको दृश्य देख्दा (हग्नेलाइ भन्दा देख्नेलाइ लाज) भने झैं अाफैंलाइ सरम लागेर  एकातिर देखेको नदेखे झैं हिडेको अनुभव यहाँ पाठक हरूलाइ सुनाउन चाहन्छु। होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् होलीमा हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । तर यसैको उल्टो होलीले बिभिन्न खालका बिक्रितीबिसंगती पनि भित्र्यायको छ। होलीमा आजका युवाहरु अण्डा फोड्ने , गाडीको मोबिल दल्ने , हिलो लगाइदिने, युवाहरु रक्सी खायर मातिने एक अर्कामा झगडा गरेर ज्यान समेत लिने  जस्ता काम गर्छन् जुन राम्रो होइन। नेपालका मुख्य शहरहरुमा होलीको लागि भनेर बिभिन्न ठाउँमा कडा सुरक्षा जांच गरिन्छ।

सहि तरिकाले होली पर्व मनाउन नजान्नेहरू विसंगती भित्र्याउने हरूले  विदेशमा पनि अाफ्नो अल्लारे ट्यापे पारालाइ निरन्तरता दिंदा कैयन होली पर्व मनाउने हरूले जाँड रक्सी नसाको झोकमा ज्यान समेत गुमाउनु परेको खबर सुन्दा यो मन झनैं दुःखी तुल्याउछ ।

  कुवेतमा बसो बास गर्ने दिपक लिम्बुले दिएको जानकारी अनुसार संखुवासभा घर भएका अन्दाजी बर्ष २८ का सचिन राईको मंगाफ स्थित आफु बस्दै आएको बिल्डिंङको चौथों तलाबाट खसेर ज्यान गएको छ । हिजो दिउँसो देखी नै अन्य नेपालीहरुसंग होली मनाई रहेको उनीहरुले मादक पदार्थ सेव गरेको र मादक पदार्थ सेवन पश्चात आपसी झगडा भई सोही आवेशमा सचिनले राती करीब ११:१५ मा आफ्नो रुमको झ्यालबाट हामफालेर आत्महत्या गरेको बताईएको छ । सचिन अवैधानिक रुपमा कुवेतमा वसोवास गर्दै अाएको जानकारी प्राप्त भएको छ  ।

होली

नेपाली हरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

 फागु पुर्णिमा अनी होली भनिने यो चाड नेपालमा हर्शोल्लाशका साथ मनाउने गरिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद) लाई मार्न अग्नी नजिक जादा होलिका आँफै जलेर नस्ट भयको कारण असत्य माथि सत्यको जित भयको दिनको रुपमा यो पर्ब मनाइन्छ। हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भयको नेपालमा होलीको रौनक पूर्व मेची देखी पश्चिम महाकाली सम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा मनाइन्छ। नेपालको बिशेष शहरहरु काठमाडौं, पोखरा, धरान, चितवन, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । बिशेष सांस्कृतिक कार्यक्रमहरु अनी त्यसमाथि रङहरुको बर्षाले शहरको होली अझै रमाइलो अनी राम्रो देखिन्छ। नेपालका गाउहरुमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर लगायत रङ लगाउने चलन हुन्छ। होलीले बिभिन्न खालका बिक्रितीबिसंगती पनि भित्र्यायको छ। होलीमा आजका युवाहरु अण्डा फोड्ने , गाडीको मोबिल दल्ने , हिलो लगाइदिने, युवाहरु रक्सी खायर मातिने जस्ता काम गर्छन् जुन राम्रो होइन। नेपालका मुख्य शहरहरुमा होलीको लागि भनेर बिभिन्न ठाउँमा कडा सुरक्षा जांच गरिन्छ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )