मध्य पश्चिम सेवा समाजको अध्यक्षमा पुन गणेश राउत ।


ईन्द्र भुसाल ,कुवेत

कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमा लोकप्रिय काम गर्दै आएको मध्य पश्चिम सेवा समाजको दोस्रो अधिवेशन हिजो खैतान स्थित राजाधानी होटेलमा सम्पन्न भएको छ ।हिजो भएको अधिवेशनले फेरी एक कार्यकालको लागि गणेश राउतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिती समेत चयन गरेको छ ।

कुवेतका लागि नेपाली राजादुत यज्ञ बहादुर हमाल प्रमुख अतिथी रहेको कार्यक्रममा श्रीमती हमाल ,एन आर एन ए कुवेतका अध्यक्ष अर्जुन तमाङ देखी कुवेतको नेपाली समाजमा कृयाशिल बिभिन्न सस्थाका अध्यक्षहरु ,ओनलाईन मिडियाका पत्रकारहरु अतिथिको रुपमा रहेका थिए । समाजका सदस्य बाग बहादुर बस्नेतले स्वागत मन्तब्य राख्दै सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेको कार्यक्रमलाई केबी बुढाथोकी ले सञ्चालन गरेका थिए । बार्षिक उत्सव तथा दोस्रो अधिवेशनको अवसरमा समाजले कार्यकुशलताको उच्च क़दरगर्दै राजदूज यज्ञ बहादुर हमाललाई सम्मान पत्र सहित दोसल्ला ओडाएर अभिनन्दन गरेको छ भने सक्रिय सामाजिक अभीयन्ताको रुपमा समाजमा बिभीन्न तवरले सहयोग पुर्याएको भन्दै समाजसेवीमा ईन्द्र प्रसाद भुसाल, गायनमा डि बि लोप्चन, पत्रकारमा हरिकृष्ण न्यौपाने, महिला समाजसेविमा माया बिक, स्वदेशमा परिआएको दैबिक प्रकोपमा सहयोग पुर्याउने दिपक क्षेत्री र मिलन श्रेष्ठलाई सम्मान गरेको थियो |

भरत कुमार पटेल (गोकुल रेस्टुरेन्ट) र संस्थालाइ सहयोग गर्ने सकृय सदस्यहरु बाग बहादुर बस्नेत र टेक कुमारी मल्ललाई सम्मानपत्र सहित दोशल्ला ओढाई सम्मान गरेको थियो . स्थापना पस्चात समाजले मद्य पश्चिम मात्र नभएर कुवेतको नेपाली समाजमा पर्ने हरेक समस्या र पीडित नेपालीहरु र नेपालमै हुने दैबिक प्रकोपमा गरी करिब १२ लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको सस्थाका अध्यक्ष गणेश राउतले बाताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजदुत हमालले कुवेतको नेपाली समाजमा मद्य पश्चिम सेवा समाजको कार्यकुशलताको प्रसम्शा गर्दै नेपाली समाजले आयोजना गर्ने कुनैपनी सकारात्मक कममा दुताबाश र आफ्नो तर्फबाट सदा सहयोग हुने प्रतिबद्धता ब्य्क्त गर्नु भएको थियो । कार्यक्रममा एन आर एन ए अध्यक्ष अर्जुन तमाङ ,हरी कृष्ण न्यौपाने ,डिबी लोप्चन ,खोप गुरुङ ,दुर्गा चेम्जोङ ,दिपक छेत्री ,कोसराज राई ,टीकाराम आचार्य लगाएत करिब करिब सबै अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमलाई समापन गर्दै नबनिर्वाचित अध्यक्ष गणेश राउतले नेपाली समाजको कृयाशिलता र सामाजिक कार्यको लागि मद्य पस्चित सेवा समाज सदैब तम्तयार रहेको बताउदै उपस्थित सम्पूर्णलाई धन्यवाद ग्यापन गरेका थिए । कार्यक्रममा सस्थाले दिवा भोजको समेत ब्याबस्था गरेको थियो ।

नवगठित कार्यसमिती यसप्रकार रहेको छ | 

संरक्षक- बम बिष्ट र नारायण प्रसाद पोख्रेल।
सल्लाहकार-देवेन्द्र सिंह ठकुरी,श्रीमती टेक कुमारी मल्ल,नर बहादुर डाँगी र एकराज मल्ल।

अध्यक्ष -श्री गणेश रावत

उपाधक्ष्य- बसन्त पुन मगर

उपाधक्ष्य -बाग बहादुर वस्नेत

महासचिव-पवित्र कुमार चन्द

उपमहासचिव-के.बि. बुढाथोकी

सचिव- जीव राज पौडेल

सचिव-गम बहादुर रोकाय

सचिव-सिता सुनार

कोषाध्यक्ष- भुपेन्द्र सारु
सदस्यहरु- मान बहादुर शाह, राज खड्का, याम बहादुर मल्ल, लिलबहादुर छन्त्याल, राज बिस्वकर्मा, विकास राना मगर, रेशम लाल पुरी, भुपेन्द्र बस्नेत, प्रेम बिस्ट, पदम घर्ति मगर, राजु कलेल, ललित बिस्ट, नरेश खत्री, पूर्ण मान राना, किरण सुनार, चन्द्र बहादुर बिस्वकर्मा, खड्क बिक, लक्षमण बिक, मनोज बिक, तारा खनाल, रोशन शाही, रिया राना मगर, पूर्ण वस्नेत, मन कुमार मगर, लोक बहादुर बुढा मगर, केशर बोहरा, भद्दे बिक, विष्णु शर्मा, सुधा थापा, गणेश कुमार पुन मगर |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )