मोर्चा कार्यकर्ताद्वारा जिप्रका सप्तरी घेराउ


मानवअधिकार आयोगको गाडी तोडफोड
२४ फागुन, सप्तरी । सोमबार प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन जारी राखेका छन् । आफ्ना कार्यकर्ताको हत्याको बिरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा रहेका आन्दोलनकारीहरुले गोली चलाउनेलाई aकारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

आन्दोलनकारीले मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेका छन् । आफूहरुमाथि प्रहरीले दमन गरिरहँदा आयोगको टोली ओलीको भाषण सुन्न व्यस्त रहेको भन्दै उनीहरुले आयोगको जीप तोडफोड गरेका हुन् ।

गाडीमा नवलकिशोर सिंह, रेवा रेग्मी, पवन भण्डारी र चिरञ्जीवी कोइराला सवार थिए भने श्रीराम कार्की चालक थिए । बन्दकर्ताले गाडीमा तोडफोड गर्न थालेपछि उनीहरु गाडी छाडेर जिल्ला अदालतभित्र पुगेका थिए ।

एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच हिजो साँझ भएको झडपमा चार मोर्चा कार्यकर्ताको मृत्यु भएको बिरोधमा आज र भोलि मधेस बन्दको आहृवान गरिएको छ ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )