Daily Archives: 07/03/2017

सरकारलाई दिएको समर्थन मधेसी मोर्चाले फिर्ता लियो


चिरञ्जीवी ढुंगाना
काठमाडौ: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।मोर्चाका नेताहरूको सोमबार राति बसेको बैठकले दाहाल नेतृत्वमा साउन १९ गते गठित सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यस सम्बन्धमा मंगलबार प्रधानमन्त्रीसँग औपचारिक भेट गरी लिखित पत्रसहित जानकारी गराउने मोर्चाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मोर्चाले मृतक भनेका दिगम्बर यादब ज्युउँदै, धरानमा उपचारत


रोहित राई
मोर्चाको विज्ञप्तिको अंश
धरान—प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका राजविराट ५ का ४५ बर्षीय दिगम्बर यादवको धरानमा उपचार भइरहेको छ। मधेशी मोर्चाले उनलाई मृतकको सूचीमा राखेर विज्ञप्ती जारी गरेको थियो। ‘दिगम्बर यादवको मृत्यु भएको छैन, सर्जरी युनिट २ को वेड नम्बर १० मा राखेर उपचार भइरहेको छ’–प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज सई तिलक गिरीले भने। पढ्नेक्रम जारी राख्नुहोस्

मोर्चा कार्यकर्ताद्वारा जिप्रका सप्तरी घेराउ


मानवअधिकार आयोगको गाडी तोडफोड
२४ फागुन, सप्तरी । सोमबार प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन जारी राखेका छन् । आफ्ना कार्यकर्ताको हत्याको बिरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा रहेका आन्दोलनकारीहरुले गोली चलाउनेलाई aकारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्