सप्तरीमा विहानैदेखि प्रदर्शन, सुरक्षा व्यवस्था कडा


आधा दर्जन सवारी साधनमा तोडफोड
masal-julus२३ फागुन, राजविराज । एमालेको मेची-महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् । मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी तोडफोड गरेका छन् । प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।

एमालेको कार्यक्रमका लागि सप्तरीमा मञ्च बनाइँदै ।
uml-saptari-manchनेकपा एमालेको मेची-महाकाली अभियान इटहरीबाट आजै सप्तरी पुग्ने कार्यक्रम छ । सप्तरीमा एमालेको कार्यक्रमका लागि अहिले मञ्च बनाइँदैछ । एमाले र मधेसी मोर्चा आमने-सामने हुने भएपछि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )