युग लामा, कुवेत
मार्च ५ । उदयपुर जिल्ला, रिस्कु ७ घर भै बिगत २ साल देखि कुवेतको कुवेत पर्ल क्याट्रिङ्ग कम्पनीमा कार्यरत केशरबहादुर बस्नेतलाई लगभग २ महिना अघि कुवेतको जाहारामा रोड क्रस गर्ने बेलामा कुवेतीको गाडीले हान्दा गम्भीर घाइते बनाएको थियो । केशरबहादुरको टाउकोमा गहिरो चोट तथ् खुट्टा समेत भाचेको थियो ।
घाइतेलाइ राहत होस भन्ने हेतुले सामाजिक अभियान्त तथा पत्रकार युग लामा र अजय लामाको नेतृत्वमा संकलित रकम गत १०४ कुवेती दिनार अर्थात् लगभग ३६४०० छत्तिस हजार चारसय नेपाली रुपिया र छुट्टै १४०५ नेपाली रुपिया गरि जम्मा लगभग ३७००० रुपिया गत शुक्रबार जिलिबको वेडिंग हालमा एक कार्यक्रम बिच नेपाली दूतावासका दुतीय सचिब भोगेन्द्र लिङ्ग्देनको समेत उपस्थितमा एनआरएन कुवेतका अध्यक्ष अर्जुन तामांग, सामाजसेवी खोप गुरुङ, मन्जित राइ र परदेशी खबर डटकमका कार्यकारी सम्पादक कोषराज राइ ज्युले संयुक्त रुपमा घाइतेका भतिज दिपक बस्नेतलाई हस्तान्तरण गर्नु भएको छ ।
लायाली रोज रेस्टुरेण्टका सेफ विजय चौलागाई, रिया अधिकारी लगायतका सहयोग गर्नु हुने सम्पूर्ण नेपाली तथा बिदेशी नागरिकहरुप्रति युग लामाले धन्यवाद समेत ब्यक्त गर्नु भयो । घाइते डिसचार्ज भएर कम्पनीको रूममा आराम गरि रहेका छन् भने कम्पनीले नेपाल पठाउन टिकट दिने भएको घाइतेको भतिज दिपक बस्नेतले बताएका छन् ।