केन्याविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, सुनिल र दिपेन्द्र नयाँ सदस्य


मेहबुब आलमको पुनरागम
sunil-dhamala-and-dipendra-singh-airee२२ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् ।

सम्भवत सुनिलले ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्नेछन् । भारत भ्रमणका क्रममा ओपनिङका लागि धमलासँगै आशिफ शेख र दिलिप नाथलाई विकल्पमा राखिएको थियो ।

दिलिपले भारतका तीन अभ्यास खेलमा मौका नै पाएनन् भने आशिफले प्रभाव छाड्न सकेनन् ।

पहिलो अभ्यास खेलमा आशिखले ज्ञानेन्द्रसँग ओपनिङ गरेका थिए तर, शुन्यमै आउट भए । त्यसपछिका दुई खेलमा मौका पाएका सुनिलले भने आफूलाई प्रमाणित गरे । नेपालको दोस्रो खेलमा मौका पाएका उनले ४४ रन बनाए ।

तेस्रो अभ्यास खेलमा ज्ञानेन्द्रलाई आराम दिएर सुनिल र आशिफलाई ओपनिङ जोडी बनाइएको थियो । त्यसमा पनि सुनिल नै हावी भयो । आशिफ २२ रनमा आउट हुँदा सुनिलले ७४ रनको निर्णायक पारी खेल्दै नेपाललाई जिताए ।

दिलिप नाथलाई बैकल्पिकको सूचीमा राखिएको छ भने आशिफ टोलीबाटै बाहिरिएका छन् ।

मेहबुबको पुनरागमन

यस्तै अलराउण्डर मेहबुब आलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । भारत भ्रमणमा उनको प्रदर्शन औसत थियो । दुई खेलमा मौका पाउका मेहबुबले विकेट लिज सकेनन् । तर, रन पनि धेरै खर्चिएका छैनन ।

अरु को-को छन् टोलीमा ?

नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन् ।

राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ भने बैकल्पिकमा परेका छन् ।

भारत भ्रमणमा रहेका आशिफ शेख नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । (अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )