नेपाली समाज कुवेत मातृभुमी ”UAE एक्सचेंन्ज” फुटबल कप २४ मार्च २०१७ मा हुने


16999243_785000034998218_2437331467010960668_nडम्बर रिमाल माइला, कुवेत-मातृभुमी क्लब र यु.ए.इ. एक्सचेंज कुवेत द्वारा अागामी २०१७ मार्च २४ तारिख शुक्रवारका दिन, कुवेत श्थित नेपाली फुटबल टिमहरूको सहभागीतामा फुटबल खेलाइने।  मातृभुमी FC का अध्यक्ष तथा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमान्डु कुवेतका खेलकुद विभाग प्रमुख रिषी थापा मगर ज्युले उक्त कुराको जानकारी गराउनु भयो ।
खेलको लागी टिम दर्ता (टाइसिट) वितरण १० मार्च २०१७ का दिन बिहान १० बजे देखी दिउसो १३ बजे सम्ममा महाबुल्लाको फुटबल ग्राउण्डमा टिम दर्ता गराइ सक्नु पर्ने र उक्त दिन मातृभुमी क्लब अायोजक बनेर फ्रयाण्डसिप म्याच पनि खेलाउने जानकारी दिनु भयो साथै फुटबल खेलको लागी निम्न नियमहरू पालना गर्न  सबै टिम दर्ता गराउन अाउने टिमहरूलाइ अाग्रह गर्नु भएको थियो ।टाइसिट गोला प्रथा द्वारा गरिने जानकारीको साथै, क्लवले सम्पूर्ण नेपाली टिमहरुलाई टुर्नामेण्टमा सहभागीताको लागि आव्हान गर्दै । क्लवले टुर्नामेण्ट सम्बन्धी थप जानकारी तथा स्थानिय कानुनलाई ध्यानमा राख्दै निम्नानुसार नियमावली सार्वजनिक गरेको छ ।

(क) खेल खेल्नको लागी इन्ट्री फी ५५ केडी लाग्ने छ ।
(ख) खेल नेपालको ‘A’ डिभिजन सिस्टम अनुसार खेलाइने छ ।
(ग) अायोजक टिम मातृभुमी हुने छ ।
(घ) टिममा बिदेशी खेलाडी दुइ जना सम्म राख्न सकिने छ , विदेशी खेलाडीले प्रष्ट नेपाली बोल्ने हुनु पर्ने छ, यदि नेपाली बोल्न नसक्ने भए मंगोलियन फेश भएकाहरू मात्र खेलाउन पाइनेछ।

(ङ) फुटबल कपका सम्पूर्ण खेलहरु आयोजक मातृभुमी FC का सदस्य लगायत सक्षम रहेका अन्य टिमका रेफ्रीहरुबाट खेलाईने छ । खेल अवधिमा रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

(च) खेल अवधिमा कुनै खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरेको खण्डमा या रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गरेमा उक्त खेलाडिलाई सिधै रेड कार्ड प्रदान गरि अर्को एउटा खेल खेल्न दिईने छैन ।

(छ) सम्पूर्ण टिमका खेलाडी तथा टिम म्यानेजरहरुलाई आ-आफ्नो पासपोर्ट या सिभिल आई.डी.को फोटोकपी टिम दर्ताको दिनमा आयोजकलाई बुझाउन अनुरोध गरिएको छ । दर्ताको दिन नबुझाउने टिम म्यानेजर र खेलाडीलाई खेल सञ्चालन हुने दिन २४ मार्चमा अनिवार्य आयोजकलाई बुझाउन अनुरोध गरिएको छ । अन्यथा नबुझाउने कुनै पनि खेलाडिलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने छ ।

(ज) प्रत्येक टिमबाट ६/६ जना स्वयंसेवकको समेत नामावली दिनु पर्ने र आफ्नो टिमको खेलको दिन स्वयंवेसक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने जानकारीका साथ उक्त स्वयंसेवक कारणवस उपस्थित हुन नसकेमा टिमले अर्को सवयंसेवक खटाई नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्ने छ ।

(झ) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले जर्सी र खुट्टाको प्याड अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडी संख्या टिम मेनेजर सहित १७ जनाको समुहमा हुनु पर्नेछ ।

(ञ)  खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ ।

(ट) कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई पुरा टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक वाध्य हुनेछ ।

(ठ) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ । यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्ने छ ।

(ड) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी समुह आयोजकले निर्धारण गरेको खेल समयभन्दा आधा घण्टा अगावै खेल मैदानमा उपस्थित भईसक्नु पर्नेछ । यदी तोकिएको समयको १५ मिनट भित्रमा पनि प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री किक’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयएमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णये गर्न सक्नेछ ।

(ढ) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना र औषधी उपचार र यातायात जस्ता आबश्यकमूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ ।

(ण) खेलको समय अवधी पहीलो चरण ३० मिनट, १० मिनट आराम र दोस्रो चरण पनि ३० मिनट गरी खेलाईने छ । यदी खेल बराबरी भएको स्थितीमा थप १० मिनट खेलाई थप समयमा पनि खेल बराबरी हुन गएमा समय अभावको कारण सिधै पेनाल्टी शुट-आउट मार्फत हार-जितको निर्णय गराईने छ ।

(त) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी प्रतियोगिताको नियम बिपरित गई होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त कुवेतको सुरक्षा निकायलाई  जिम्मा लगाई कानुन बमोजिमको कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ ।

(थ) मातृभुमी क्लव स्वयंले सुपथ मुल्यमा क्यान्टिन सञ्चालन गर्ने छ । अन्य कुनै पनि कम्पनी या समुहहरुलाई कुनै किसिमको क्यान्टिन सञ्चालन या खाध्य तथा पेय पदार्थ सामान बेचबिखन गर्न सख्त मनाही गरिएको छ ।

पुनश्च:
खेल हुने मिति : २४ मार्च २०१७, बिहानको ठिक ०७.०० बजेदेखी
खेल मैदान : NA
टाई सिट : १० मार्च २०१७, महाबुल्ला फुटबल मैदान बिहान १०  बजे देखी दिउसो १ बजे सम्म
टिम दर्ता शुल्क : ५५ कुवेती दिनार

पुरस्कारहरु:
बिजेता टिम : ट्रफी, मेडल, प्रमाण-पत्र र NA  के.डी. नगदी
उप-बिजेता टिम : ट्रफी, मेडल, प्रमाण-पत्र र NA  के.डी. नगदी
उत्कृष्ट खेलाडी : ट्रफी र प्रमाण-पत्र
अनुशासित टिम : ट्रफी र प्रमाण-पत्र
हाई स्कोरर : ट्रफी र प्रमाण-पत्र
रेफ्रिहरु : ट्रफी र प्रमाण-पत्र

थप जानकारीको लागि:
ऋषी थापामगर – ९८०८१६०९, क्लव अध्यक्ष तथा गोल्ड कप संयोजक

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )