नेपाली राजदूतावास कुवेतमा नेता श्रेष्ठ र नेपाली समुदाय बिच अन्तर्क्रिया सम्पन्न


img_9896कोशराज राई/ फेब्रुवरी २६, कुवेत । नेपाली राजदूतावास कुवेतमा ह्जो बेलुका नेपाली समुदाय र नेपालबाट आउनुभएका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्मन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ “प्रकाश” बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली जन-प्रगतिशील मञ्चको केन्द्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा आउनुभएका नेता श्रेष्ठ नेपाली राजनितिमा स्वच्छ छवि भएका नेताको रुपमा लिईएको, सरकारको उच्च ओहदामा बसेको र वहाँको पार्टी सरकारमा रहेको कारण कुवेतका नेपालीहरुको समस्यालाई हल गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुहुने भएको कारण दूतावासले उक्त अन्तर्क्रियाको आयोजना गरेको हो।

नेपाली राजदूतावासको सभाकक्षमा सम्पन्न अन्तर्क्रियामा यूएई एक्सचेन्जका प्रतिनिधि राम बस्नेत, कोसेली छापा पत्रिकाका प्रधान सम्पादक नवराज पन्थि, अलमल्ला एक्सचेन्जका प्रतिनिधि छबिराम सुनार, आदिवासी जनजाती महासंघ कुवेतका महासचिव अमृत तामाङ, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष युवराज गैरे, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष अर्जुन बस्नेत, मध्य पश्चिम सेवा समाजका चौचयअध्यक्ष गणेश रावत, खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष मन्जित राई, रापती एकता समाजका मस्तबहादुर बिक, नयाँ नेपाल युवा क्लवका नवराज पराजुली, तमू समाजका अध्यक्ष खोप गुरुङ, कोसेली ग्रुपका अध्यक्ष ईन्द्रप्रसाद पोखरेल, अन्तराष्ट्रिय नेपाली समाजका संयोजक नारायण पोखरेल, नेपाली चर्च मालियाका पाश्चर अगम लिम्बू, राप्ति भेरी एकाता समाजका निम बुढामगर, भोजपुर सेवा समाजका अध्यक्ष तथा परदेशी खबरका प्रमुख कार्यकारी सम्पादक कोशराज राई, राजेन्द्र बिरही, कुलबहादुर तामाङ, कुलबहादुर तामाङ, जन-प्रगतिशील मञ्चकी उपाध्यक्ष तारा पौडेल, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङएनआरएनए/ राष्ट्रिय समन्वय परिषदका महिला प्रतिनिधि मधुमाया मगर, राजु कार्की, व्यवसायी कृष्ण शर्मा, जन-प्रगतिशील मञ्चका सहसचिव युवक राई, टिकाराम आचर्य, एनआरएनए/ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य सुजन केसी, एनआरएनए/ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रबि बन्जाडे लगायतका वक्ताहरुले कुवेतमा नेपालीहरुले भोग्न परेका बिभिन्न समस्याहरुको बारेमा प्रमुख अतिथि श्रेष्ठलाई जानकारी तथा कुवेतदेखी नेपालसम्म सिधा उडान हुनु पर्ने, घरेलु महिला कामदारहरु कुवेत आउन खुलाउन नहुने, समस्यमा परेका नेपालीहरुलाई चाँडो भन्दा चाँडो उद्दार तथा कानूनी सहायताको लागी दोभाषे एवं वकीलको व्यवस्था हुनु गर्नु पर्ने, नेपालमा लगानीको वातावरण तैयार गर्नु पर्ने, कुवेत र नेपाल बिच श्रम सम्झौता चाँडो भन्दा चाँडो हुनु पर्ने, लगायतका मागहरु कार्यन्वयन गर्न माग गरेका थिए।

कार्यक्रममा उठेका प्रश्न तथा मागहरुको सम्वोधन गर्दै नेता श्रेष्ठले कुवेत नेपाल बिच श्रम सम्झौता चाँडो गर्न पहल गर्ने, घरेलु कारदार महिलाहरुको दर्दानक हालतहरु हामीहरुले हेरजरहन नहुने भन्दै यथास्थितिमा कुनै पनि घरेलु महिला कामदारहरु पठाउन नहुनेमा जोड दिनुभयो।

वहाँले आगमी ०७४ माघ महिना भरीमा ३ चुनाव गर्नु पर्ने हुनाले घोषित मितिमै सबै दलहरुलाई विश्वासमा लिएर स्थानिय निर्वाचन गर्नुको विकल्प नरहेको जिकिर पनि गर्नुभयो।

एक अर्को प्रशंगमा नेता श्रेष्ठले राजनितिमा लाग्नेहरुको भिन्न भिन्न धारणा रहेको भन्दै आफुले राजनितिलाई जीवन धान्ने पेशाको रुपमा नलिएको बताउनु भएको छ। जीवन धान्ने माध्यम र लाभ हानीको लागी गरीने राजनितिले देशलाई लाभ नगर्ने वहाँको तर्क रहेको थियो।

नेपाली राजदूतावासका मजनिस्ट्री अफ काउन्सिलर लेखनाथ भट्टराईले सन्चालन र महामहिम राजदूत यज्ञबहादुर हमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कुवेतका नेपाली समाजका बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको र गैर आवासीय नेपाली संघ (एनऐरएनए)/ राष्ट्रिय समन्वय परिषद कुवेत र आवासीय नेपाली संघ (एनऐरएनए)/ राष्ट्रिय समन्वय परिषद कुवेतले छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएका थिए। यसरी ज्ञापन पत्र बुझाउनेमा आवासीय नेपाली संघ (एनऐरएनए)/ राष्ट्रिय समन्वय परिषद कुवेतका उपाध्यक्ष रब् बन्जाडे र आवासीय नेपाली संघ (एनऐरएनए)/ राष्ट्रिय समन्वय परिषद कुवेतका महासचिव अमृत तामाङ रहेका थिए ।
(प्रदेशीखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )