जन प्रगतिशील मन्च कुवेतको केन्द्रिय भेला भव्य रुपमा सम्पन्न, ६२ जनाले गरे पार्टी प्रवेश


img_9843कोशराज राई/फेब्रुवरी २४, कुवेत । माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन प्रगतिशील मन्च कुवेतको केन्द्रिय भेला आज भव्य रुपमा सम्पन्न भएको छ। भेलालाई नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि नारायण काजी श्रेष्ठ सम्वोधन गर्नु भएको थियो।

कुवेतको स्थित खैतान स्थित राजधानी रेष्टुरेण्टमा आयोजित केन्द्रिय भेलामा अन्य पार्टीहरुबाट तल उल्लेखित ६२ जना कार्यकार्ताहरु पार्टी प्रवेश समेत गरेका थिए।
भुवन रोक्का, उपेन्द्र चौधरी, कुलबहादुर राना, अमीर कुँवर, बुद्दि गुरुङ, राजु धिमाल, ओम तामाङ, ज्योती बुढा, एक राज पौडेल, शंकर नेपाल, पदमप्रसाद भण्डारी, मोहन खड्का, शम्मुप्रसाद थारू, गोविन्दप्रसाद एम सी, जीवन थनेट, सन्त मगर, बिरेन्द्र कुमार शाह, विकाश सापकोटा, मनबहादुर शाह, तेज बहादुर चौधरी, गणेश चौधरी, निमा शेर्पा, राम बिलाश यादब, सुमिता थापा, मणि कला शारु मगर, कमलेश कुमार पासवान, इन्द्र कुमार गिरी, तेज लाल चौधरी, युवराज हजरी, इन्द्रबहादुर चन्द, सन्तोषकुमार यादब, बिजय कुमार यादव, रामानन्द राम, राम आशिस राम, अनिल राउत, मिथिलेश पण्डित, पुरत पासवान, सन्तोष राई, रोशन चौधरी, अस्मा मोहमद शाह, उपेन्द्र महत, हरी सहनी, श्रीप्रसाद पासवान, बाबु जी शाह, कपिलेश राय, महेश यादव, शुरेश पण्डित, उपन किसन यादव, लालु बाबु राउत, भरत बहादुर मगर, दोर्जे अाङ घिसिङ, पुष्कर धामी, अमृत राई, पर्वत राई, डेन्डी शेर्पा, पासाङ ङिमा शेर्पा, हिरा मणि रोक्का, जयबहादुर सुनार, जीवन सुनार, शिव सुनार,
कृष्ण सुनार, सन्तोष सुनार, सुरेश कुलुंग राई रहेका छन् । नव प्रवेशी कार्यकर्ताहरुलाई प्रमुख अतिथि नारायण काजी श्रेष्ठले खादा ओढाई पार्टी प्रवेश गराउनु भएको थियो।

कार्यक्रममा माओवादी केन्द्रका पूर्व वाईसिएल केन्द्रिय सदस्य तथा माओवादी केन्द्रका वैदेशिक रोजगार सहायता कक्ष प्रमुख सुमन बराल, नेपाली राजदूतावासका महामहिम राजदूत यज्ञबहादुर हमाल, प्रथम महिला रिता हमाल, बिभिन्न राजनितिक दलका भातृ संगठनका प्रतिनिधिहरु, एनआरएनए/ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रबि बन्जाडे, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, लगायतको बिशेष आतिथ्यतामा सम्पन्न सभामा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, समाजसेवीहरु लगायताका अतिथिको रुपमा उपस्थिति रहेको थियो।

प्रमुख अतिथि, बिशेष अतिथिहरुलाई लाली गुराँस साँस्कृतिक परिवारका सदस्यहरुले पन्चेबाजा सहित स्वागत गर्दै कार्यक्रम स्थल सम्म पुर्याईएको थियो।

मञ्चका अध्यक्ष दावा थोकर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन युवक राई, आनन्द आचर्य स्वागत मन्तव्य तारा पौडेल र सल्लाहकारद्वय हर्क आङ्बो लिम्बू र ठाकुर प्रसाद पौडेलले जन प्रगतिशील मञ्च कुवेतको गतिविधी ’boutमा प्रष्ट पारेका थिए।

यसैगरी कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, र अन्य संघ संस्थाका प्रतिनिधिहरुले कुवेतका नेपालीहरुले भोग्न परिरहेको समस्याको ’boutमा जानकारीहरु, विदेशबाट पनि भोट हाल्न पाउनु पर्ने, कुवेतमा घरेलु कामदारहरुको समस्या हल गर्नु पर्ने, नेपाल सरकारले पीडित नेपालीहरुको न्यायको लागी वकिलको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु प्रस्तुत गरेका थिए। यसरी आफ्ना माग तथा शुभकामना व्यक्त गर्नेहरुमा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरीकृष्ण न्यौपाने, जन सम्पर्क समितिका सल्लाहकार कल्याणकुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्च कुवेतका उपाध्यक्ष युवराज गैरे, अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति) का संयोजक नारायण पोखरेल, गैर आवासिय नेपाली संघ (एनआरएनए) / राष्ट्रिय समन्वय परिषद कुवेतका उपाध्यक्ष रबि बन्जाडे लगायतका वक्ताहरु रहेका थिए।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि नारायण काजी श्रेष्ठले मञ्चको भोली विहानको १० बजे भिभा गोवा रेष्टुरेण्ट मालगयामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको छ।

यसैगरी बेलुका ५:३० मा नेपाली राजदूतावास कुवेतको आयोजनामा दूतावासको सभाहलमा नेपाली समुदायसंग छलफल तथा अन्तर्कृया कार्यक्रम रहेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )