Daily Archives: 23/02/2017

बन्ने भयो अरुण तेस्रो


कमलदेव भट्टराई, नयाँदिल्ली
भारत सरकारद्वारा प्रवद्र्धक कम्पनी सतलजलाई ९१ अर्ब बजेट उपलब्ध गराउने निर्णय- बाँकी लगानी आगामी सेप्टेम्बरसम्म जुटाइसक्ने र नोभेम्बरदेखि निर्माण थाल्ने
arun-23022017072708-1000x0फाल्गुन १२, २०७३- भारतीय सरकारी कम्पनी सतलजले ९ सय मेगावाट क्षमताको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न लगानीको स्रोत जुटाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुधबार बसेको मन्त्रिपरिषद्को आर्थिक समितिको बैठकले सतलजलाई उक्त आयोजना निर्माण गर्न ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्थानीय निर्वाचनको मिति फिर्ता लिन बाबुराम र उपेन्द्रको माग


baburam-bhattarai-and-upendra-yadav-58ae6f18ba5f67-10983870काठमाडौंः संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेका छन्। बिहीबार बिहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको मिति फिर्ता लिन सरकारसँग माग गरेका हुन्। राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा निर्वाचनको मिति घोषणा गरिएको उनीहरुको आरोप छ। पढ्नेक्रम जारी राख्नुहोस्