भोजपुर सेवा समाज कुवेत र किरात राई यायोक्खा कुवेतद्वारा संयुक्त सहयोग हस्तान्तरण


2सुधिर राई / फेबरुवरी २० सुनसरी । भोजपुर सेवा ,समाज ,कुवेत र किरात राई यायोक्खा कुवेतले भरौल,३ नाहडा सुनसरी ,देबिस्थान टाेल निवासी बौद्धिक अपांग बलबहादुर राई परिवारलाई कुवेतबाट संयुक्त अभियानबाट संकलित सहयोग रकम ५२ हजार १ सय छयानब्बे रुपैयाँ आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ।

1किरात राई यायोक्खा कुवेत शाखाका वर्तमान अध्यक्ष तथा भोजपुर सेवा समाज कुवेतका उपाध्यक्ष राजकुमार राई र किरात राई ययोक्खा कुवेत शाखाका वर्तमान सचिव तथा भोजपुर सेवा समाजका सल्लाहकार सुधिर राईले किरात राईले किरात राईले सुनसरी जिल्लाको भरौल स्थित यायोक्खा  प्रारम्भिक कमिटीको कार्यलयमा यायोक्क्खा प्रारम्भिक कमिटीका अध्यक्ष मोहन राई अध्यक्ष लगायत सम्पूर्ण यायोक्खा पधाधिकारी , बुद्धिजीवी , स्थानीय , राजनितिक दलका प्रतिनिधि लगायत स्थानीयहरुको रोहबरमा पीडित परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
3तीन जनाको परिवार श्रीमान श्रीमती बोल्न नसक्ने र १६ वर्षिया छोरी रोजिना राई पनि  खासै बोल्न नसक्ने छन। सम्पतीको नाममा मात्रै एक हल गोरु बाहेक केही नभएको हुनाले बर्षौँ देखि आफन्तको घरमा आश्रय लिएर बसेको उमेरले ५८ बर्ष नाघीसकेको राई परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै विभिन्न मिडिया मार्फत अभियानका रूपमा समचार बाहिर आए पछी भोजपुर सेवा समाज कुवेत र किरात राई यायोक्खाको संयुक्त पहलमा कुवेतमा किरात राई यायोक्खा कुवेत शाखाले उधौली पर्व मनाउने कार्यक्रमबाट १ सय १ कुवेती दिनार र एनआरएनए / राष्ट्रिय समन्वय परिषद कुवेतका पदाधिकारीहरुबाट ४८ कुवेती दिनार गरी जम्मा १ सय ४९ कुवेती दिनार आर्थिक सहयोग संकलन गरिएको थियो।
उनिहरु बसोवास गरिरहेको घर धनीले आफ्नो घर बनाउनु पर्ने भएको हुनाले घर छाडन पीडित परिवारलाई आदेश दिएकोले तत्कालीन समस्या बसोवासको भएको हुनाले स्थानीय पत्रकार तथा समाजसेवी दिपक पुरी लगायतको  अभियानबाट  ९४ हजार रुपैयँ रकम बैंक जम्मा भएको छ। हालको रकम  समेत बैंकमा जम्मा गर्ने र उनिहरुको वासको लागि ५/६ लाख रुपैयाँ लाग्ने र नपुग बाँकी रकम जुटाउन स्थानीय स्तरमा यायोक्खा भरौलका अध्यक्ष मोहन राई लागी पर्ने जानकारी गराएका छन्।
अध्यक्ष मोहन राईले, भोजुपर सेवा समाज कुवेत र किरात राई यायोक्खा कुवेत प्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्। साथै उनले राई परिवारको स्थिति अत्यन्तै नाजुक भएको कारण संघ संस्था लगायत बुद्धिजीवीहरुमा पनि मानवीय सहयोगको लागी अझै पहल गरीदिन र  विभिन्न संघ संस्था लगायत बुद्धिजीवीहरुमा पनि मानविय सहयोगको लागी अझै पहल गरीदिन अनुरोध समेत गरेका छन्।
भोजपुर सेवा समाज कुवेतका अध्यक्ष तथा किरात राई यायोक्खा कुवेतका उपाध्यक्ष कोशराज राईले पीडितहरुको घाउमा थोरै भएपनि मल्हम पट्टी लगाउन पाएकोमा खुशी व्यक्त गर्दै सहयोग संकलनमा अत्यन्तै ठूलो भुमिका निर्वाह गरि सहयोग गर्नुभएकी रास्ट्रीय समन्वय परिषदकि महिला प्रतिनिधि मधुमया मगर लगाएत सम्पुर्ण सहयोगी महानुभावहरुमा संधै दिएर खान पुगोस् भनि शुभेक्षा प्रकट गर्दै सम्पूर्ण सहयोगीहरुमा हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )