संविधान संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रिपरिषदको निर्णय


रेवती सापकोटा
office-of-pm-58aa91a4888ce2-24976380काठमाडौंः सरकारले संविधान संशोधनको प्रक्रिया भोलि (मंगलबार)देखि अगाडि बढाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स‌ंसदमा टेबुल गरिएको संविधान संशोधनको प्रस्तावलार्इ अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।
यस्तै बैठकले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई एक हप्ताभित्र टुङ्गाउने निर्णय गरेको छ । बैठकमा पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमाथि सुझाव कार्यदलले बुझाएको सुझाव प्रतिवेदन’bout छलफल भएको थियो।
मन्त्री हितराज पाण्डेको संयोजकत्वमा रहेको कार्यदलले पेश गरेको सुझाव मनासिव रहेको ठहर गर्दै एक हप्ताभित्र विज्ञहरु समेतको राय लिएर पूनर्संरचना प्रतिवेदन टुङ्गाउने निर्णय गरेको हो।
बैठकका निर्णय’bout जानकारी दिँदै प्रवक्ता कार्कीले भने, ‘आजको बैठकमा स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन र माननीय मन्त्री हितराज पाण्डेको कार्यदलले बुझाएको सुझाव प्रतिवेदनमाथि छलफल भयो । सुझाव कार्यदलले मधेशमा स्थानीय तहको संख्या बढाउन दिएको सुझाव मनासिव रहेको बैठकले ठहर गरेको छ । विज्ञहरु समेतसँग छलफल गरेर पूनर्संरचना प्रतिवेदन टुंगाउन मन्त्री पाण्डेको कार्यदललाई एक साताको समय दिने निर्णय गरिएको छ ।’
बैठकले फागुन १० गतेबाट सुरु हुने संसदबाट संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले मधेशी, थारु, आदिबासी, महिलाहरुका माग सम्बोधन गर्न संघीय आयोगलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको छ ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )