Daily Archives: 19/02/2017

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो


कुवेत जेलमा ६१ नेपाली, अधिकांशलाई लागूऔषध सेवन तथा कारोबारको मुद्दा
img_0188-होम कार्की, काठमाडौं फाल्गुन ८, २०७३- कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो । उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन् ।कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ । आफू निर्दोष रहेको पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन मिति घोषणा गर्ने सत्ता गठबन्धन सहमत, आयोगसँग आजै परामर्श लिने


moist-congressकाठमाडौं- सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहित बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरुले निर्वाचन मिति घोषणा गर्ने सहमति जनाएका हुन्। त्यसका लागि सरकारले आजै निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्शन गर्ने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा सुदुर -पश्चिम सेवा समाजको गठन


img_9616कुवेत, कुवेतमा सुदुर पश्चिम सेवा समाजको गठन भएको छ। उक्त भेलाले सुदुरपश्चिम सेवा समाज कुवेत गठन गरेको हो। कुवेतको फर्वानिया पार्कमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नेपाली सुदुर पश्चिमेली समाजका सदस्य अमर खड्काको संयोजकत्वमा १९ सदस्यिय तदर्थ समिति चयन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा फहराइयो नेपालको राष्ट्रिय झण्डा


nepali-flag-in-uae-2८ फागुन, युएई । विभिन्न देशका बीसौं हजार जनसमुदायको उपस्थितिका माझ युएईको मुख्य सहर दुबईमा नेपाली झण्डा फर्फराएको छ । दुबईको क्रिक पार्कमा वाक फर एडुकेसन (शिक्षाका लागि हिँडाइ) र्‍यालीमा सहभागी करिब सय जना नेपालीले ऐक्यवद्धता जनाउने क्रममा नेपाली झण्डा फहराएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली चलचित्र ”बीर बिक्रम” अागामी ३ मार्च दोस्रो पटक प्रदर्शन हुदैं (अनलाइन टिकटको ब्यवस्था )


नेपाली चलचित्र बिर बिक्रम कुवेतमा नेपालको बिभिन्न शहरहरुमा सफलता पुर्वक ५१औ दिन मनाउन सफल सुपर हिट चलचित्र “बिर बिक्रम” तपाईं हाम्रो शहर कुवेतमा ३ मार्च शुक्रवार का दिन दोस्रो पटक पर्दामा  प्रदर्शन हुन गैइरहेको छ । कुवेतमा कार्यरत सम्पुर्ण कुवेत वासी नेपालीलाइ मध्येनजर गर्दै नेपाली चलचित्र प्रदर्शन गर्न लागिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्